• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अन्तर्वार्ता: हामीले चुनावमा प्रतिबद्धता गरेको ९५ प्रतिशत काम गरेका छौं : विदुर कार्की, मेयर, बर्दिबास नगरपालिका

  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    स्थानीय तह निर्वाचनको मिति निर्धारण भएसँगै जनप्रतिनिधिहरूको कार्यकाल अब केही समय मात्र बाँकी छ । जनप्रतिनिधिहरूले पाँच वर्षको अवधिमा आफूले बाचा गरेका कति काम पूरा गरे ? जनपक्षीय कामह कत्तिको भए ? यसै सन्दर्भमा न्युज कारखानाका लागि विशाल बस्नेतले बर्दिबास नगरपालिकाका नगर प्रमुख विदुर कार्कीसँग कुराकानी गरेका छन ।

    कार्यकालको उत्तारार्द्धमा हुनुहुन्छ । बर्दिबास नगरपालिकाका मेयरले केही गरेनन् भन्ने मात्र आलोचना छ नि ?

    अब आलोचना गर्नेलाई के पो भन्न सकिन्छ र ? उहाँहरू स्वतन्त्र नै हुनुहुन्छ । तर बर्दिबास नगरपालिकाले यो पाँच वर्षको अवधिमा जति काम गरेको छ, जुन घोषणापत्रमा उल्लेख गरिएको झन्डै ९५ प्रतिशत काम हो । जसले गरेको छैन भन्छन् वडामा गएर हेर्न भनिदिनुस् ।

    त्यसो भए आलोचना गर्ने वातावरण कसरी सिर्जना भयो त ?

    आलोचना हुनु स्वाभाविक पनि हो । जति बढी आलोचना हुन्छ त्यति नै बढी जनतामा कति धेरै अपेक्षा रहेछ भन्ने पुष्टि पनि हुन्छ । जसले जनप्रतिनिधिलाई अझ जिम्मेवार हुन निर्देशित गरेको छ । हामीले हाम्रो कार्यकालभित्रै नगरपालिकालाई समृद्ध बनाउने आधार तयार गर्नेदेखि लिएर अन्य काम पनि सोही गतिमा अगाडि बढाइरहेका छौं ।

    के के काम गर्नुभयो र ?

    नगरपालिकाको १४ वटै वडा कृषिमा आश्रित छन् । थोरै सहरी क्षेत्र र धेरै ग्रामीण बस्ती छन् । नगरलाई कृषिबाटै समुन्नत बनाउन हामीले विशाल मोडेल एग्रो भिलेजको परिकल्पना गरेका छौ । कतिपय संरचना निर्माण भइसके भने कतिपय बन्ने क्रममा छन् । ८२ बिघा क्षेत्रफलमा फैलिएको यो मोडेल एग्रो भिलेजले जनताको समृद्धि र आर्थिक रूपान्तरणको एउटा सपना बोकेको छ । यसका विशाल संरचना बनेर कार्यान्वयनमा आउँदा कृषि पर्यटनको हिसाबले देशकै अग्रणी आकर्षण क्षेत्र बन्नेछ । नगरभरिका किसानहरूको कृषि उपजलाई भण्डारण गर्न हामीले भव्य शीत भण्डारणको स्थपना गरेका छौं जुन संरचना बन्ने क्रममा छ । त्यसैगरी आइटी सेन्टरको समेत व्यवस्थापन गरेका छौं ।

    मोडेल एग्रो भिलेज कहिलेसम्म तयार हुन्छ ?

    मोडेल एग्रो भिलेजका अन्य महत्त्वपूर्ण अंगहरूमा उच्च प्रविधियुक्त हाइटेक नर्सरी जसले गुणस्तरीय बिरुवा उत्पादन र वितरणलाई ध्यान दिनेछ, जुन १००८ वर्गमिटरमा फैलिएको हुनेछ । निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । त्यसैगरी मोडेल एग्रो भिलेजअन्तर्गतको महत्वपूर्ण अंग अघि भनेजस्तै विशाल शीत भण्डारण हो । जहाँ तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार गर्ने विशाल घर निर्माणको चरणमा छ ।

    यही भिलेजअन्तर्गत प्लान्ट क्लिनिक तथा माटो परीक्षण केन्द्र स्थपना गरिनेछ । यसका लागि प्रक्रियासमेत अगाडि बढेको छ । हामीले यही क्षेत्रभित्रै मेसिनरी कस्टम हायरिङ सेन्टरको स्थपना गर्दैछौं । जसले किसानहरूलाई खेतीपातीमा यान्त्रीकरणको व्यवस्था हुनेछ र कम प्ररिश्रममै प्रशस्त उत्पादन हुने वातावरण निर्माण हुनेमा म ढुक्क छु । डिजिटल अक्सन मार्केटको पनि स्थपना गरिँदै छ । जसले किसानलाई बिचौलियाबाट मुक्त गराउने छ भने सबैभन्दा बढी मूल्य तिर्ने ब्यापारीले किसानहरूले उत्पादन गरेको फसल खरिद गर्न सक्नेछन् । लगभग ४५ प्रतिशत काम भइसकेको छ अब ५५ प्रतिशत काम पनि तुरुन्त सम्पन्न गर्ने दिशामा हामी लागिपरेका छौ ।

    नगरभित्र यो गौरवको योजनाअन्तर्गत पर्छ ?

    याे तमाम बर्दिबासवासीको समृद्धिको आधार हो । अरु पनि मोडेल एग्रो भिलेजका धेरै महत्वपूर्ण अंग छन् । हामी माछापोखरी तथा भुरा उत्पादन केन्द्र बनाउँदै छौं । फसल ब्यवस्थापन केन्द्रका लागि प्रक्रिया अगाडि बढिसकेको छ । एनिमल ब्रिडिङ सेन्टरको माध्यमबाट हामीले किसानका घर-घरमा उन्नत जातका गाई-भैंसी उत्पादन गर्दैछौं, यसैका लागि भर्खरै मैले हरियाना पुगेर उन्नत मुर्रा जातको ११ वटा राँगा छानेको छु । सम्भवत: यो छिट्टै नगरभित्र आइपुग्नेछन् । फोहोर व्यवस्थापनका लागि जैविक मल उत्पादन केन्द्र, प्रशासनिक तथा तालिम केन्द्र, कृषि र सूचनाका लागि आइसिटी सेन्टर जस्ता सबै प्रक्रिया अगाडि बढिसकेका छन् ।

    तपाईको कार्यकालमा सम्झनलायक अन्य काम के के भए ?

    सम्झनलायक अनेकौं काम भएका छन् । पहिला त हामी सिकाइको क्रममा थियौं । देशमा संघीयता स्थपना भएपछि हामीले नगरभित्र एउटा प्रणालीको विकास गरेका छौ । हामीले घर-घरमा कृषि सहकारीको माध्यमबाट लगभग मलखादको अभाववाट मुक्त बनाएका छौं । हरेक वडामा नगर जोड्ने शाखा सडक ढलान भएका छन् । हामीले वडा-वडाका समस्यालाई केलाएर प्रशस्त कृषि सडकदेखि सडक स्त्तरोन्नतिको काम गरेका छौं। कैयौ ठाउँमा सडक ढलान भएका छन भने कयौ हुने क्रममा छन् । कालोपत्र पनि त्यतिकै भएको छ । विकासका लागि सडक सञ्जाललाई मुख्य ध्यानमा राखेर सर्वसाधारणको समस्यालाई नजिबबाट नियाल्दै सडक सञ्जालमा उल्लेखनीय विकास भएको छ ।

    नगरभित्रको विकट मानिने बर्दिबास-११ लाई अलि बढी ध्यान दिएका छौ । सडक ढलान तथा कालोपत्रे पर्याप्त गर्न नसके पनि बजार जोड्ने विभिन्न शाखा सडकको स्त्तरोन्नतिदेखि फराकिलो बनाउनेसम्मका काम भएका छन् । अहिले पनि खयरमाराका भित्री बस्तीका लागि झन्डै ४२०० मिटर सडक सञ्जाल विस्तार गरेका छौ । अब त्यहाँका जनताले खोलाबाट यात्रा गर्नुपर्ने  बाध्यताबाट मुक्ति पाउने छन् । सबै भित्री बस्तीलाई पायक पर्नेगरी निर्मल लामा बहुप्राविधिक विध्यालयमा सडक निकाल्ने गरी काम थालेका छौ ।

    स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको व्यापक जनगुनासो छ नि ?

    हामी स्थानीय सरकार भएको हैसियतले जनताका अपेक्षा स्वाभाविक पनि हो । स्वास्थ्य क्षेत्रमा परिवर्तन भएको छ । हामीले कठिन संघर्षका साथ अस्पतालको भव्य भवन निर्माण गरेका छौ । दुईजना विज्ञ डाक्टर, नर्स र कर्मचारी नियुक्त गरेपछि हामीले अस्पतालमा २४ घन्टे सुविधाको व्यवस्थापन गरिसकेका छौ । अहिले अस्पतालमा अन्य निजी अस्पताल जतिकै सुविधा हुँदाहुँदै पनि आकर्षण अझै निजी अस्पतालमा नै रहेको मैले पनि महसुस गरेको छु । हामी अझै पनि स्वास्थ्य क्षेत्रका समस्यालाई केलाउँदै छौ । निजी अस्पतालमा उपचार गराउन नसक्ने सर्वसाधारणका लागि बर्दिबास अस्पतालले राहत प्रदान गरेको छ । वडा-वडामा स्वास्थ्य चौकीको गुणस्तरलाई ध्यान दिएका छौ । स्वास्थ्य भवन सवै वडामा निर्माण गरेका छौ । नर्स तथा स्वास्थ्यकर्मीको अभावलाई ध्यानमा राख्दै अहिले वडा-वडामा पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्थापन गरेका छौ । प्रसूतिका लागि अहिले बर्थिङ सेन्टर बनाएर टाढा-टाढा जानुपर्ने बाध्यताबाट मुक्ति दिलाएका छौं ।

    खानेपानीको क्षेत्रमा के के गर्नु भयाे ?

    खानेपानीमा हामीले विशाल फड्को मारेका छौं । पाटुदेखि खयरमारासम्म खानेपानीको विकास भएको छ । खयरमारामा अहिले भर्खरै रोटरी क्लवको सहकार्यमा दुई सय घरधुरीलाई पानीको समस्याबाट मुक्त बनाउने दिशामा उन्मुख भएका छौ । यसअघि पनि हामीले खानेपानीको चरम अभाव रहेका वडाहरूको पहिचान गरी काम अगाडि बढाएका थियौ । कतिपय कमजोरी त हामीबाट पनि भएका हाेलान् । सम्पूर्ण आलोचनालाई मैले कहिल्यै नराम्राे रूपमा हेरिनँ । काम गर्दै जाँदा कतै ढिला कतै छिटो भएको पक्कै हो ।

    शिक्षाको विकासमा नगरपालिकाले के के गर्‍यो ?

    शिक्षाकाे विकासमा  फड्को मारेका छौ । तर सन्तुष्टि भइहाल्ने आधार पक्कै हैन । तर हामीले हाम्रो कार्याकाल सुरु गरेपछि निक्कै परिवर्तन गरेका छौं । यसकाे श्रेय म गिरिराजमणि दाइलाई पनि दिन चाहन्छु । हामीले हरेक विध्यालयमा प्राविधिक धारका कक्षा सञ्चालन गरेका छौ । अहिले साँच्चै भन्ने हो भने बर्दिबास शैक्षिक हव नै बनेको छ । देशैभरिका विध्यार्थीहरूका लागि अध्ययन गर्ने थलो बनेको छ । पूर्वदेखि पश्चिमका विध्यार्थीहरू अहिले अध्ययनका लागि बर्दिबासमै आइपुग्छन् । प्रदेशकै नमुना प्राविधिक विध्यालयदेखि हरेक कुनाकाप्चाका विध्यालयमा हामीले ध्यान दिएका छौ । हामीले ६२ जना शिक्षक एकैपटक नियुक्त गरी अध्यापनका लागि पठाएका छौ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.