• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

फुङ्लिङमा प्रत्येक वर्ष आगलागीबाट ठूलो क्षति

  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रत्येक वर्ष ठूला आगलागीका घटना हुने गरेका छन् । पटक–पटक हुने आगलागी घटनाबाट ठूलो धन सम्पत्तिको क्षति हुँदै आएको छ भने शुक्रबार भएको आगलागीले मानवीय क्षतिसमेत गराएको छ ।

    शुक्रबार बिहान फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा भएको आगलागीमा परी ६७ वर्षीया चुलीमाया चोङ्बाङ लिम्बूको मृत्यु भएको छ । केही समय अघिदेखि फुङ्लिङ बजारस्थित आफ्नो छोरीसँग बस्दै आएकी मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु बस्ने लिम्बूको आगलागीमा ज्यान गएको हो ।

    प्रहरीकाअनुसार आगलागीमा परी गम्भीर घाइते भएपछि लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

    बिहान ९ बजे कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट नजिकै रहेको संगीता मादेन लिम्बूको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ । आङ्बुहाङको अर्को पक्की घरमासमेत आंसिक क्षति पुगेको छ । मृतककी कान्छी छोरी कौशिला लिम्बू आङ्बुहाङको घरमा भाडामा बसेर फुङ्लिङ बजारमा फेन्सी कपडा व्यवसाय गर्दै आएका छन् ।

    उता आगलागीबाट केही सामान्य घाइते भएका छन् । आगोबाट ज्यान बचाउनलाई भाग्ने र आगो नियन्त्रणमा लिने क्रममा केही स्थानीय घाइते भएका हुन् । आगलागीबाट घरधनी र भाडावाल गरेर आधा दर्जन बढी परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा घरधनी आङ्बुहाङ र मादेनको परिवार हुनुहुन्छ भने उक्त दुई घरमा भाडामा बस्नेहरू कुमारी शेर्पा, कौशिला लिम्बू, रेनुका लिम्बू, जङ्ग शेर्पा विस्थापित भएको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ ।

    त्यस्तै टङ्क अन्छङ्बो, कुमारी तामाङको परिवार र कोठा भाडामा बस्ने एक जना विद्यार्थीसमेत विस्थापित भएका छन् । विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य संघ ताप्लेजुङले खाद्यान्न, भाँडावर्तन र लत्ता कपडाजस्ता सामग्री वितरण गरेको सभापति इन्द्रबहादुर गुरुङले बताए ।

    आगलागीबाट के कति क्षति भयो भन्ने विषयमा तथ्यांक संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी भने लापरबाहीले भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    सदरमुकाम फुङ्लिङ बजारमा पटक–पटक हुने आगलागी घटनामा घरधनी र धेरै भाडामा बस्नेहरूले धनसम्पत्ति गुमाउँदै आएका छन् । आगलागीले नगद, सुनचाँदी, व्यापार प्रयोजनका जिन्सी सामग्री लगायतका पूर्वाधार तथा संरचना जलेर नष्ट हुने हुँदा ठूलो धनसम्पत्ति क्षति हुने गरेको छ । मानवीय क्षति भने यो दोस्रो पटक हो । यसअघि तोक्मेबजारको हटिया लाइनमा आगलागी हुँदा एक पुरुषको जलेर मृत्यु भएको थियो ।

    फुङ्लिङमा आगलागी शृङ्खला

    सदरमुकाम फुङ्लिङ बजारमा विगत २०६० सालयता १८ वर्षको अवधिमा पाँच ठूला–ठूला आगलागी घटना भएका छन् । यस अवधिमा बजारभित्रै ससाना आगलागीका घटना भने धेरै भएका छन् ।  जिल्लास्थित प्रहरी र रेडक्रस सोसाइटीले राखेको तथ्यांकअनुसार पहिलो पटक २०६० चैत १५ गते सदरमुकाममा ठूलो आगलागी घटना भएको थियो ।

    सदरमुकामको मुख्यबजार वीरेन्द्रचौकमा आगलागी हुँदा ४४ घर जलेर नष्ट भएका थिए । वीरेन्द्रचौकमा भएको आगलागीबाट १२९ परिवार विस्थापित भएका थिए भने ४१ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । यस्तै २०६९ माघ २६ गते फुङ्लिङबजारको शेर्पा टोलमा आगलागी हुँदा आठ घर जलेका थिए । उक्त आगलागीबाट १८ परिवार विस्थापित भ एभने आठ करोड रुपियाँ बढीको क्षति हुन पुगेको थियो ।

    फुङ्लिङ बजारकै टुक्रेलाइनमा २०७० कात्तिक १८ गते भएको आगलागीमा आठ घर पूर्णरुपमा जलेका थिए । सो आगलागीमा १७ परिवार विस्थापित भएका र करिब पाँच करोड रुपियाँ बराबरको क्षति भएको थियो । यसैगरी तोक्मेबजार क्षेत्रमा २०७१ चैत ९ गते भएको भीषण आगलागीमा ३७ घर जलेका थिए । उक्त सङ्ख्यामा घर जल्दा घरधनी र डेरावालसमेत १४५ परिवार विस्थापित भए भने ४० करोड रुपियाँको क्षति हुन पुगेको थियो ।

    त्यस्तै २०७७ वैशाख १९ गते फुङ्लिङबजारको पुरानो बैङ्क लाइनमा आगलागी हुँदा आठ घर जलेको थियो भने ३० परिवार विस्थापित भएका थिए । सो आगलागीबाट सात करोड ६५ लाख ७२ हजार रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको तथ्याङ्क रहेको छ ।

    यसरी सदरमुकाम फुङ्लिङ बजारमा विभिन्न समयमा पटक–पटक आगलागी हुँदा ठूलो धन सम्पत्तिको क्षति भएको तथ्याङ्क छ । आगलागी घटना अधिकांश असावधानी र लापरबाहीले हुने गरेका छन् भने केही विद्युत् सर्ट र अन्य कारणबाट हुने गरेको तथ्याङ्कमा उल्लेख छ । बजारमा पुरानो तथा काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएका संरचनाका कारण आगो सुरु भएपछि चाँडै धेरैतिर फैलने र क्षति पुर्‍याउने गरेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.