• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको अध्यक्षमा पुन: कार्की

  •   शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । “कामदारको सुरक्षा, उद्योगको दिगो रक्षा” भन्ने मूल नाराका साथ चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षमा सम्पन्न तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।

    कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख यादवनाथ आचार्य, ग्रिल व्यवसायी महासंघका संस्थापक केन्द्रीय सदस्य अशोक बर्मा, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार एवम् चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, ग्रिल तथा स्टिल व्यवसायी संघ नवलपरासीका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, ग्रिल तथा स्टिल व्यवसायी संघ हेटौडाका अध्यक्ष केशव प्रसाई, ग्रिल तथा स्टिल व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष देवी कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा सल्लाहकारहरु तारा प्रसाद पौडेल, गोविन्द प्रसाद खनाल, बेलबहादुर कार्की, गजेन्द्र अधिकारी, दिलिप प्रसाद खनाल, मेहरमान श्रेष्ठ, खिमानन्द न्यौपाने, चितवन उद्योग संघ माडी इकाई समितिका अध्यक्ष भोजराज खनाल, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कँुबर, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।

    चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीले स्वागत मन्तव्य र समितिले हालसम्म गरेका गतिविधि माथि प्रकाश पार्नुभएको कार्यक्रममा दुर्घटना राहत कोषमा सबैभन्दा बढी कर्मचारी सम्लग्न गराउने उद्योगहरु मध्ये प्रथम व्यस्त मेटल उद्योग, द्धितीय भोले बाबा कृषि औजार उद्योग, तृतीय नेपाल मेटेरियल ह्याण्डलिङ्ग ईन्जिनियरिङ्ग वर्कशप, सान्त्वना लक्ष्मी इन्जिनियरिङ्ग कार्यशाला, आर.एन.आर.ट्रस एण्ड ग्रिल उद्योग, डि.एस.बि.तारजाली एण्ड आइरन उद्योगलाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।

    त्यसैगरी समितिको साधारणसभाको अवसरमा सचिवालय निर्माणमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै त्रिदेव इन्जिनियरिङ वर्कशप, एस.एस.ई.एण्ड रिसर्च सेन्टर, भण्डारी ग्रिल उद्योग, राजेन्द्र ग्रिल उद्योग, सम्राट इण्डष्ट्रिज, सरस्वती जाली उद्योग, नेपाल मेटेरियल ह्याण्डलिङ ई.वर्कशप, ॐ स्टिल सप्लायर्स, त्रिवेणी ग्रिल सटर उद्योग, अन्नपूर्ण मेटल उद्योग, रबि ग्रिल सटर उद्योग, मातृछायाँ आइरन वर्कशप, भिजन इन्जिनियरिङ वर्कशप, श्रीकृष्ण वायर नेटिङ प्रा.लि., एक्सिस ई.एण्ड मल्टी सर्भिसेज प्रा.लि., अधिकारी टे«डर्स, आधुनिक झ्याल ढोका संसार, व्यस्त मेटल उद्योग, रुमी ग्रिल सटर वर्कशपलाई सम्मान गरिएको थियो

    त्यसैगरी साधारणसभाको अवसरमा समितिलाई सहयोग गर्ने जिन्दाल एस.एस.पाइप, गोयल मेटल ईण्डष्ट्रिज प्रा.लि., जोशी सप्लायर्स, कैलाश स्टिल सप्लायर्स, लक्ष्मी नारायण टे«डिङ्ग प्रा.लि., मालिका देवी स्टोर्स, मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि., माँ वैष्णु हार्डवेयर जगदम्बा इन्टरप्राईजेज, राजेश हार्डवेयर प्रा.लि., स्टिल उड इन्टरप्राईजेज प्रा.लि., शुभश्री जगदम्बा इन्टरप्राइजेज प्रा.लि.लाई सम्मान गरिएको थियो ।
    त्यस्तै अध्यक्ष तारा बहादुर कार्कीले समितिको २०७६–२०७८ कार्यकालमा आफूलाई सहयोग गर्नेहरु मध्ये उत्कृष्ट चारजनालाई अध्यक्ष अवार्डबाट सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमा भण्डारी ग्रिल उद्योगका सञ्चालक कृष्ण प्रसाद भण्डारी, एस.एस.ई.एण्ड रिसर्च सेन्टरका सञ्चालक शान्ता न्यौपाने, नेपाल मेटेरियल ह्याण्डलिङ वर्कशपका सञ्चालक दुर्गालाल सापकोटा, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनुभएको थियो ।
    तारा बहादुर कार्कीको नेतृत्वमा पुनः चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति
    साधारणसभाले ताराबहादुर कार्कीको अध्यक्षतामा पुनः दुईवर्षे कार्यकालका लागि १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा कृष्ण प्रसाद भण्डारी, मोहनलाल श्रेष्ठ, राजु पुडासैनी, सचिवमा दुर्गालाल सापकोटा, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सह–सचिवमा रुकेश सापकोटा, सदस्यहरुमा सूर्य प्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, विरेन्द्र बहादुर दवाडी, विवेक देवकोटा, धर्मराज अधिकारी, सन्तोष श्रेष्ठ चयन हुनुभएको हो ।

    नवनिर्वाचित समितिका अध्यक्षलाई निर्वाचन मण्डलका संयोजक चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले र अन्य पदाधिकारी एवम् सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले सपथ ग्रहण गराउनु भएको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल प्रमुख निर्वाचन अधिकृत रहनुभएको निर्वाचन मण्डलको सदस्यहरुमा चितवन उद्योग संघ प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल र सञ्चार अधिकृत राज भट्ट रहनुभएको थियो । तेश्रो साधारणसभा एवम् दोश्रो अधिवेशनलाई नवनिर्वाचित अध्यक्ष तारा बहादुर कार्कीबाट प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

    यसअघि चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति बन्द सत्र कार्यक्रम सम्पन्न भयो । चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार तारा प्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।

    प्रमुख अतिथि पौडेलले मेटल उद्यमीहरुलाई सरकारले अन्य उद्यमीहरुलाई प्रदान गर्ने सहुलियत, छुट लगायतका विषयमा सम्बोधन गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–मेटल उद्योगमा कार्यरत कर्मचारीहरुको सुरक्षासँगै स्तरउन्नति गर्न सकियो भने मेटल उद्यमीको भविष्य उज्ज्वल रहेको समेत बताउनुभयो ।

    चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष मोहनलाल श्रेष्ठले स्वागत मन्तव्य सहित समितिको पृष्ठभूमी माथि प्रकाश पार्नुभएको कार्यक्रममा चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका द्धितीय उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले विवाद समाधान समितिको प्रतिवेदन, समितिका सचिव राजु पुडासैनीले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राज कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा सम्पर्क एवम् समन्वय समिति रत्ननगरको माघ २९ गते सम्पन्न प्रथम अधिवेशन र माडीको फागुन १० गते सम्पन्न प्रथम भेलाबाट निर्वाचित पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुलाई प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो । साधारणसभाले शान्ता न्यौपाने, अनन्त वाग्ले, राजन पौडेललाई माईन्युट प्रमाणित गर्ने अख्तियारी प्रदान गरिएको थियो ।

    कार्यक्रममा चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकारहरु मेहरमान श्रेष्ठ, गोविन्द प्रसाद खनाल, बेलबहादुर कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको बन्द सत्र कार्यक्रमलाई चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

     

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.