चितवन । चितवनमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८ मा झरेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज (मंगलबार) दिउँसो सम्म जिल्लाभर सक्रिय संक्रमितको संख्या १८ मा झरेको हो ।
चितवनमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या निरन्तर शुन्यमा झर्दै गएको छ भने निको हुनेको संख्या बढदै गएको छ । सोही कारण सकृय संक्रमितको संख्या पनि निरन्त्र घट्दै गएको हो। हाल सक्रिय संक्रमितमध्ये २ जना अस्पतालमा छन् भने बाँकी १६ जना होम आइसोलेसनमा छन्। आज ५५ जनाको नमुना परीक्षण गर्दा एक जनामा पनि संक्रमण देखिएन। आज ८ जना संक्रमित संक्रमणबाटमुक्त भएका छन् ।
यो संगै चितवनमा कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८१ पुगेको छ । जिल्लाभर कोरोना संक्रमितको संख्या भने ३३ हजार ५ सय ४८ पुगेको छ । चितवनमा हालसम्म कोरोनाबाट ४४९ जनाको मृत्यु भएको छ ।








