चितवन । सवारी नियम उल्लंघन गरेको भन्दै १४५ सवारी साधनलाइ चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका मध्ये दुई पाङग्रे सवारी साधन मोटरसाइकल र स्कुटर गरि जम्मा १३३ वटा, चार पाँग्रे सवारी साधन कार-७ वटा, म्याजिक भ्यान १ वटा, तीन पाँग्रे अटो-३ वटा र ट्याक्टर-१ गरि जम्मा १४५ वटा रहेको प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन गरी, सवारी चालक अनुमति नलिई, हेलमेट नलगाई तथा तीन जना सवार भई सवारी साधन सन्चालन गरि नियम उलंघन गरेको प्रहरीको आरोप छ।
साथै मादक पदार्थ सेवनगरी होहल्ला तथा झैझगडा गर्ने १४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।








