• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

गैँडाकोटको मेयरमा काँग्रेसबाट अधिकारी र कडेँल दाबी

  •   शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । स्थानीय तहको चुनाव २०७९ आउन अव ५४ दिनमात्रै बाँकी छ । निर्वाचन आयोगले आचारसंहिता समेत जारी गरेपछि अव माहोल तात्दै छ । दलहरुवीच उम्मेदवार छान्ने मापदण्ड बनाउने र सार्वजनिक गर्ने गरेका पनि छन् कोही तयारीमै । स्थानीय तहको चुनाव २०७९ का लागि गैँडाकोटको मेयरमा काँग्रेसबाट कसले टिकट पाउला धेरैको चासो छ । चासोकाबीच हालकी उप–प्रमुख विष्णुकुमारी कडेँल सापकोटाले सार्वजनिक कार्यक्रमबाटै आफू मेयरका लागि योग्य भएको र टिकट दिलाइदिन माग गर्नुभएको छ ।

    आज नेपाली काँग्रेस गैँडाकोट ८ को कार्यालय उद्घाटनपछि शुभकामना मन्तव्य राख्दै जिल्ला सभापति, क्षेत्रीय, प्रदेशसभा क्षेत्र, नगर र वडा सभापतिलाई सम्वोधन गर्दै सवैजना यहाँ हुनुहुन्छ, उहाँले भन्नुभयो,“म मेयरको लागि सक्षम छु, मलाई टिकट दिन अनुरोध गर्दछु ।” जनताले अत्याधिक मत दिएर उपमेयरमा जिताएपछि जनताको हित र अधिकारी दिलाउन निरन्तर काम गरेको उहाँको भनाई थियाे। विपक्षि दलका मेयर भएपनि काँग्रेसको नीति सिद्धान्तलाई स्थापित गराउन आफू निडर भई काम गरेको बताउँदै आगामी चुनावमा मेयरका लागि आफू योग्य रहेको उहाँको भनाई थियो ।

    आफूले गर्नसकेका कामहरु उपमेयरको कुर्चीबाट पूरा गरेँ, उहाँले थप्नुभयो,“ आज मैले मञ्चमा देखिरेहेका छु, नगरसभापति,प्रदेशसभापति, क्षेत्रीयसभापति, जिल्लासभापति रहेको अवस्थामा राष्ट्रव्यापी महिलालाई नेतृत्व दिनुपर्छ भन्ने अभियान चलिरहदा म पनि सक्षम छु । तसर्थ आगामी दिनमा यो गैँडाकोटको नेतृत्व लिनका लागि म तयार रहेको जानकारी गराउँदै टिकटका लागि यहाँहरु सवैले मलाई सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि मैले राखेको छु ।” अव गैँडाकोटको मेयरमा महिलाको नेतृत्व पाँच वर्षका लागि हेरिदिन उहाँले पार्टीलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख कडेँलले विगतको स्थानीय तह नतिजा हेर्दा लज्जावोध भएको बताउनुभयो ।

    अव विगतको अवस्था आउन नदिन सवैले रुखमा भोट हाल्ने र एकजुटहुनुपर्ने बताउनुभयो । मेयर, उपमेयर, वडाअध्यक्ष लगायत सवै प्रतिनिधिमा काँग्रेस आएमामात्रै आफूहरुले चाहे अनुसारको योजना हुने र काँग्रेसको प्रजातान्त्रीक समाजवाद स्थापित गराउन सहयोग पुग्ने बताउनुभयो । साथै घोषणापत्रमा उल्लेख भएका बाचा पूरा गर्नपनि मद्धत मिल्ने उहाँको भनाई थियो । कम्युनिष्टसँग सावधान रहन आह्वान गर्दै उहाँले भन्नुभयो,“कम्युनिष्टहरु झुठो बाल्न र अरुलाई भड्काउन उनीहरु माहिर छन् ।

    त्यो मैले राम्रोसँग बुझेको छु । भड्काउने खेतीमा उनीहरु लागिसके त्यसैले भ्रममा कोही नपर्नुहोस् ।” काँग्रेस फुटाएर फाइदा लिने रणनीति कम्युनिष्टहरुको रहेको भन्दै काँग्रेसजनहरु सावधान हुनुपर्नेमा उहाँको जोड थियो । उहाँलगत्तै मन्तव्य राख्ने अवसर पाउनुभएका काँग्रेसका पुराना एवम हालका महासमिति सदस्य मदनभक्त अधिकारीले खुट्टा नकमाउने बताउनुभयो । आफू खुट्टा कमाउने नेता नभएको प्रष्ट पार्दै त्यागी भएको उदाहरण दिनुभयो ।

    विगतको चुनाव काँग्रेसकै कमजोरीले मेयरमा हार खानुपरेको बताउँदै अवको चुनावमा काँग्रेसलाई जिताउन सवैले वाचा गर्नुपर्ने बताउनुभयो । गैँडाकोटमा काँग्रेसले लठ्ठी उठाएपनि जित्छ भन्ने ठाउँमा जित हुन्छ भन्ने मान्यता रहेपनि मेयरमै हार्नुपरेको अधिकारीको भनाई थियो । उहाँले भन्नुभयो,“अवको चुनावमा काँग्रेसको १८ वटै वडामा काँग्रेसको जित हुने आशा लिएको छु ।” गैँडाकोटको मेयरमा आफ्नो दावी रहेको आशय दिँदै अधिकारीले भन्नुभयो,“दिदीवहिनीले त थाहा छैन तर दाजुभाइहरुले खुट्टा कमाउने नेता भन्नुहुन्छ ।

    तर मैले १२औँ,१३ र १४ औँमा पनि सहमतिमा जोड दिएँ । तर तीनै पटक मैले छोडिदिएँ । गैँडाकोटको मेयरमा पनि मैले टिकट दिन भनेको थिएँ । तर यहीका साथीहरुले गर्दा त्यो पनि मैले छोडिदिँए । तर अहिले त मैले खुट्टा कमाउने छैन। तर त्यो खुट्टा मैले अहिले दरोसँग टेक्नेछु र यहीबाट उद्घोष गरेँ ।” कार्यक्रममा वडासभापति रामप्रसाद सापकोटा, प्रदेशसभा क्षेत्रीय सभापति गोपाल सापकोटा, संघीय क्षेत्रनम्वर १ का सभापति अमृत भट्टचन र जिल्लासभापति महेन्द्रध्वज जिसी रहनुभएको थियो ।

    कार्यक्रममा बोल्दै सभापति जिसीले व्यक्तिगत टिप्पणीमा नगएपनि नेताको नजिक भएर हाम्रोलाई टिकट नमिल्ने प्रष्ट पार्नुभयो । जनतासँग नजिक भएको र राम्रो उम्मेदवार जसलाई वडाले सफारिस गर्छ उसैले टिकट पाउने बताउनुभयो । यद्यपी आगामी चुनावमा काँग्रेसलाई ठूलो पार्टी बनाउन विगतका कमीकमजोरी,नमिठा पलहरु भूल्नैपर्नेमा जोड दिनुभयो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.