• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

नवलपुरको गैंडाकोट ४ मा अचार बनाउने तालिम सम्पन्न, व्यवसायिक उत्पादन गर्ने प्रतिवद्धता

  •   शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका वडानम्वर ४ का महिलाहरूलाई एक दिने अचार बनाउने तालिम प्रदान गरिएको छ । आरभ मल्टि एग्रो मिडिया कम्पनी प्रा.लि. भरतपुरको आयोजनामा शुभश्री टोल विकासमा रहेका महिलाहरुलाई तालिम प्रदान गरिएको अध्यक्ष प्रकाश सिग्देलले जानकारी दिनुभयो । महिलाहरुलाई घरेलु लघु उद्यमी वन्न सहयोग पुग्नेगरी स्थानीय उत्पादनलाई प्रयोग गरेर अचार बनाउन सिकाईएको उहाँको भनाई छ ।

    तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी,खाद्य निरीक्षक प्रदिप काफ्ले र साल्ट टेड्रीङ कर्पोरेशनका विकास अधिकारीले प्रशिक्षण दिनुभएको हो । अचार बनाउने व्यवहारिक अभ्यास सिकाएर उद्योग दर्ता, खाद्य ऐन तथा आयोडिन परीक्षण गर्न समेत सिकाइएको थियो । नगरप्रमुख छत्रराज पौडेलले महिलाहरूलाई आत्मनिर्भर गराउन व्यवसायिक विभिन्न विषयगत तालिम दिंदै आएको बताउंदै सिपलाई व्यवहारमा लैजान सुझाव दिनुभयो ।

    समापन कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपानेले अन्य देशका नागरिकले गैँडाकोटका कतिपय पेशा ओगटेको भन्दै सीप भए खाली हात बस्नुनपर्ने बताउनुभयो। सिप लिएपछि व्यवसायिक वन्न सुझाव दिँदै वडाबाट हुनसक्ने सहयोगका लागि आफू तयार रहेको बताउनुभयो । आफूभित्र रहेको अथाह क्षमतालाई पहिचान गर्नसक्नुपर्ने बताउँदै कोभिडले महिलालक्षित धेरै कार्यक्रम गर्न नसकेको बताउनुभयो। विदेशबाट कमाएर नेपाल पठाउने रकम उत्पादनक्षेत्रमा लगाउन उहाँको सुझाव थियो ।

    कार्यक्रममा कार्यपालिका सदस्य संगीता घिमिरे पण्डीत, नेकपा एमाले नवलपुरका सदस्य गिरीराज उपाध्याय, नेपाल वार एशोसियसन नवलपुरका सदस्य जनक ढुङ्गाना, शुभश्री टोलविकास संस्थाका अध्यक्ष रामचन्द्र घिमिरे, शिवशक्ति तेल मिल रिफाइनरी उद्योगका संचालक टिपक सापकोटा, जनक आधारभूत विद्यालयका प्रधानाध्यापक वामदेव घिमिरे,मैत्री समाजका अध्यक्ष अमृतकान्त पण्डित, सामाजिक अगुवा विश्वनाथ नेपाल,डिल्ली सिग्देलको उपस्थिती थियो । मौलाकालि बचत समूहका अध्यक्ष सीता घिमिरेले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रममा बोल्ने वक्ताहरुले सिप लिएपछि व्यवहारमा लैजान र कम्तिमा घरमा आवश्यक पर्ने अचार आफै बनाउन सुझाव दिनुभएको थियो ।

    तालिमलाई शिवशक्ति तेल मिल रिफाइनरी उद्योग र मौलाकालि बचत समूहको सहयोग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन भरतपुरको प्राविधिक सहयोग रहेको थियो । समापन कार्यक्रममा बोल्दै सहभागीमध्येबाट दिव्यश्वरी वाग्लेले एक दिने सिपले अचारको व्यवसायिक उत्पादनमा लाग्न प्रेरणा मिलेको बताउनुभयो । साथै तालिममा सहभागीहरुले व्यवहारिक अभ्यासका क्रममा बनाएको अचार अतिथिहरुलाई उपलब्ध गराएका थिए ।

    सहभागी हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षक , घननाथ अधिकारी, प्रदिप काफ्ले, बिकास अधिकारी, जनक आधारभुत बिद्यालयका प्रधानाध्यापक बामदेब घिमिरे, मौलाकालि बचत समूह अध्यक्ष सीता घिमिरे, शिबशंक्ति तेलमिल रिफाईनरि उद्योगका अध्यक्ष दिपक सापकोटा र शुभश्री टोल बिकास संस्थाका अध्यक्ष रामचन्द्र घिमिरे लाई सम्मान पत्र द्वारा सम्मान प्रदान गरिएको थियो । कार्यक्रम अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा भएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.