• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

सचिव आरके शर्मा भन्छन्: अनाहकमा दुःख पाएका नेपालीहरुको सारथी हो एनआरएनए, त्यसैले टुट्नफुट्न दिनुहुन्न

"'संस्था जोगिए मात्रै पो नेतृत्वको दावी गर्न अवसर पाइन्छ । त्यसैले विवाद मिलाउन एक भएर लागौँ' "
  •   शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का सचिव एवम् आगामी महाधिवेशनका उपाध्यक्ष उम्मेदवार आर के शर्माले नेपालीका लागि नेपाली भनेर स्थापना भएको संस्था कुनै हालतमा टुक्रिन नहुनेमा जोड दिनुभएको छ । चितवनमा कुराकानी गर्दै उहाँले आजभन्दा १९ वर्ष पहिला नेपालीका लागि नेपाली भन्ने नारा सहित स्थापना भएको भन्दै संस्थाले आजसम्म नेपालमा संकटपर्दा निरन्तर सहयोग गर्दै आइरहेको बताउनुभयो ।

    नेपालमा भुकम्प जाँदा होस, बाढीपहिरो वा कोरोना महामारीमा अक्सिजन अभावभई छटपटाइरहदा होस्, निरन्तर सहयोग गर्दै आएको पवित्र संस्था टुक्रिन नहुनेमा उहाँको मत थियो । अझै धेरै काम गर्न बाँकी नै रहेको भन्दै संस्था ठूलो हुँदै जाँदा नेतृत्व गर्न चाहानेहरु बढ्नु स्वभाविक भएको उहाँको तर्क छ । संस्थामा लिन भन्दा दिन जाने भएकाले संस्थापक अध्यक्षले भनेजस्तै चुनावका तीन महिना निकै कठिन हुने शर्माको भनाई छ । चुनावको तीन महिना संस्थालाई बचाउन सके समस्या समाधान हुने भन्दै छलफलाई तीव्र पार्ने बताउनुभयो ।

    तीन महिना निकै संकटपूर्ण रहने भन्दै डेलिगेट्स छनौट प्रकृयामा विवाद भएको बताउनुभयो । आर्थिक अनियमितताको आरोप आएपछि अहिले अनलाइन भोटिङको व्यवस्था गरिएको छ । जुन नयाँ सुरुवात हो । विश्वभर १ लाख सक्रिय सदस्य हुँदैगर्दा ६५ प्रतिशत पुरानो कार्यसमितिले छनौट गर्ने, २५ नयाँ र १० विज्ञ लगायत अध्यक्षका प्रत्यासीले छनौट गर्ने व्यवस्थाले असहज स्थिती आएको उहाँको भनाई छ । तर संस्था नटुट्ने शर्माको विश्वास छ ।

    भएका विवादमा एकले अर्कोलाई सम्वोधन हुनेगरी निष्कर्शमा पुग्नुपर्ने बताउँदै एनआरएनए फुट्न नहुने पाँच कारण उहाँले पेश गर्नुभएको छ । उहाँका अनुसार मलेसीया,जापान कोरिया आदिबाट पसीना बगाएर मजदुरले पठाएको रेमिट्यान्स सही ठाउँमा सदूपयोग गर्न, कल्याणकारी कोष स्थापना गर्नुपर्ने र त्यसरी जम्मा भएका ससाना पुँजी एकीतृत गरेर ठूलाठूला आयोजनामा लगानी गरी रोजगारी सृजना गर्न बाँकी रहेको र यसलाई पूरा गर्नु संस्था बाँच्नुपर्ने उहाँको भनाई छ ।

    भाषा, कानुन लगायत ज्ञानको अभावमा नेपालीहरुले अनाहकमा दु:ख पाइरहेको,जेल जीवन विताइरहेकाले उनीहरुको उद्दारकालागि पनि संस्था निरन्तर रहनुपर्ने, १० अर्बको इमरेजिङ फण्ड बनाउने कार्यपनि पूर्वमन्त्री गोकर्ण विष्टको समय निर्णयभएपनि कार्यान्वयन नभएकाले त्यसलाई पूर्णता दिनपनि संस्था चाहिने बताउनुभयो । थोरै आम्दानी हुनेलेपनि यो फण्डमार्फत लगानी गर्न सक्ने सुविधा हुने उहाँको भनाई छ । त्यस्तै नागरिकताको निरन्तरता गराउन,गोर्खाजहरुको वीरतालाई कायम राख्दै समान सम्मानका मुद्दा स्थापित गराउन, बाहिर हासिल गरेका सिपलाई स्वदेशमा लगाउने वातावरण बनाउनपनि संस्था बचाउनुपर्ने शर्माको तर्क छ ।

    संस्था अहिले समुन्द्रको बीचमा डुंगा रहेजस्तै भएको र यसलाई पार लगाउन सवै गम्भिर भएर लाग्नुपर्नेमा शर्माको जोड छ । गैरराजनीतिक संस्था भएकाले कसैनकसैले दुइ कदम पछि हटेर भएपनि विवाद मिलाउनुपर्ने र त्यसका लागि छलफल भइरहेको शर्माको भनाई छ । संस्था जोगिएमात्रै नि नेतृत्वको दावी गर्न अवसर पाइने बताउँदै शर्माले विश्वका सुसासन र विकासका भाषण दिँदै नेपाली नेताहरुलाई सिकाउने संस्था आज आफै विवादमा रहनुले राम्रो सन्देश नगएको भन्दै चाँडै समाधान गर्न सवै एकभएर लाग्न आह्वान समेत गर्नुभयो ।

    शर्माले भन्नुभयो,“संस्था यो अवस्थामा आउँदा मन दुखिरहेको छु । साथीहरुले आफ्नो हठ त्याग्नुपर्छ । ” युक्रेनको युद्ध हुँदा नेपालीको उद्दार गर्नेदेखि,मध्यपूर्वको फ्लाइटमा समस्यामा परेकाहरुको सारथी देखि कोरोनाको समय आफ्नो देशमा आउन नपाउँदाको पीडामा मलम दिने,कोरोनाकै समय आफ्नै संयोजकत्वमा ओमनबाट ५६० अक्सिजन सिलिण्डर एयर लिफ्टिङ गरी पठाएको बताउँदै यी तमाम सामाजिक कार्यलाई सम्झिदै आगामी दिनमा यीनै सामाजिक काम गर्नपनि संस्था बचाउनुपर्नेमा उहाँको आह्वान छ ।

    “एनआरएनए सम्पूर्ण नेपालीहरुको माला हो । यो माला चुँडाउन कसैले हुँदैन” शर्माले भन्नुभयो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.