• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

काँग्रेस गाँजर र कम्युनिष्टहरु खरबुजा हुन् : काँग्रेस बागमती सभापति बानिया

  •   शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाले आफ्नो पार्टी गाँजर भएको बताउनुभएको छ । गाँजर बाहिरपनि रातै र भित्रपनि सोही रङको हुने बताउँदै काँग्रेसपनि बाहिर जे भन्छ सोही कार्य गर्ने पार्टी भएको बताउनुभयो । तर कम्युनिष्टहरु खरबुजा भएको भन्दै बाहिर अर्कै र भित्र अर्कै गतिविधि गर्नेहरुसँग सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    काँग्रेस जनतासँग झुठ नवोल्ने बताउनुभयो। तर कम्युनिष्टहरु भने खरबुजा जस्तो बाहिर अर्कै भित्र अर्कै रङ भएजस्तै व्यवहार गर्ने उहाँको भनाई थियो । प्रजातन्त्रवादी चिकित्सक संघ नेपालको पदस्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाले काँग्रेसले बनाउने स्वास्थ्य नीति सेवामुखि हुनुपर्ने बताउनुभयो । बागमती प्रदेशमा काँग्रेसले नेतृत्व गर्ने अवसर आए उपचारको अभावमा जनता मर्नुपर्ने अवस्थाको अन्त्य गर्ने समेत उहाँको भनाई थियो ।

    काँग्रेस निकट चिकित्सकहरु सामाजिक सेवामा समर्पित हुन निर्देशन दिँदै उहाँले गरिव जनतालाई सहजै सेवा दिनुपर्नेमा जोड दिनुभयो । साथै काँग्रेस नेतृत्वको सरकार आउनासाथ बागमती प्रदेश मातहतका चिकित्सकको निःशुल्क उपचार हुनेगरी व्यवस्था गर्ने बानियाले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्कीले राज्यले दिने सेवासुविधाको कमीले दक्ष चिकित्सकहरु पलायन भइरहेको भन्दै चाँडै लोकसेवा जस्तै चिकित्सा सेवा आयोग बनाउन माग गर्नुभयो ।

    अहिलेका निजामती कर्मचारीको लापार्वाहीले नेपालका चिकित्सकहरुले दुख पाइरहेको उहाँको भनाई थियो । यस अघिको कार्यक्रमबाट डा. मनोर दिन सैयदको अध्यक्षतामा ३५ सदस्यीय बागमती प्रदेश कार्यसमिति गठन गरिएको थियो । जसको उपाध्यक्षमा डा.शुसिल अधिकारी,महासचिवमा डा.प्रविण बहादुर बस्नेत,सचिवमा डा. अञ्जन सिँह कार्की, कोषाध्यक्षमा डा. गोविन्द कडेँल, सहकोषाध्यक्षमा डा. रोशिना थापा रहेका छन् । त्यस्तै जिल्ला संयोजकहरुमा चितवनमा डा. शकर लौडारी, मकवानपुरमा डा. प्रमोद चौरासीया,काठमाण्डौमा डा. तीर्थराज भण्डारी, भक्तपुरमा डा. राजेन्द्र प्रजापति, दोलखामा डा. प्रदिप न्यौपाने, रामेछापमा डा.श्रवण कुमार थापालाई चयन गरिएको छ ।

    कार्यक्रममा अध्यक्ष डा. मनोर दिन सैयदले चिकित्सकलाई हातपात गर्नेलाई विना धरौटी सिधै जेल हाल्ने कानुन बनाउनुपर्ने र कार्यक्षेत्र असुरक्षित हुँदासम्म संघले विभिन्न आन्दोलन गरिरहने बताउनुभयो । साथै केही ऐन नियमहरु शंसोधन गर्नुपर्ने बताउँदै चिकित्सकहरुको पेशागत हित अधिकारका लागि संघ लडिरहने बताउनुभयो । कार्यक्रममा भुमि सुधार तथा सहकारी मन्त्री बलराम पौडेल, उद्योगा वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ लगायतको उपस्थिती थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.