चितवन । जबरजस्ती करणीको आरोप खेपिरहेका अभिनेता पल शाह प्रकरणमा जथाभाबी अन्तर्वार्ता दिने शर्मिला वाइबा पक्राउ परेकी छन्। जबरजस्ती करणीको मुद्दामा पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी अन्तवार्ता दिने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरी घर भई हाल काठमाडौं बस्दै आएकी ३० वर्षीया शर्मिला चितवनबाट पक्राउ परेकी हुन् । सेलेब नेपाल र ए वन मिडिया नामक युट्युब च्यानलमार्फत पीडितको मानमर्दन हुने तथा भ्रामक र अनर्गल वक्तव्यबाजी गर्ने सुनसरीको बराहक्षेत्र नगरपालिका घर भएकी शर्मिला वाइबालाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
वाइबालाई जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








