• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

गैंडा स्थानान्तरण गर्न अध्ययन

  •   मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दुर्लभ एक सिंगे गैंडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैंडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैंडा संगै बाह्रसिंगे स्थानान्तरणका लागि अध्ययन गर्ने छ ।

    कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिबेदन तयार भई सकेको छ । अर्ना स्थानान्तरणको अध्ययन समेत गरिने छ । अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैंडाको संख्या धेरै रहेको छ । ती गैंडा मध्य केहीलाई पूर्ब स्थानान्तरणका लागि अध्ययन थालिएको हो । कोशिटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैंडा लैजाने बिषयमा अध्ययन थालिएको हो ।

    बिभागले ढकालको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, कोशिटप्पु राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, इकोलोजिष्ट गणेश पन्त, राष्ट्रिय प्रकृति संरक्षण कोषका नरेश सुवेदी, जेडएसएलका भगवानराज दाहाल, विश्व बन्यजन्तु कोषका कञ्चन थापा र सहायक इकोलोजिष्ट हेमराज आचार्य रहेको अध्ययन समिति बनाएको छ । समितिले चितवन र कोशिटप्पुको पहिलो चरणको अध्ययन गरेको छ ।

    ढकालको भनाईमा कोशिटप्पु, बर्दिया र शुक्लाफाँटामा गैंडा स्थानान्तरणको बिषयमा अध्ययन भईरहेको छ । बिज्ञ समुहहरु पठाएर थप अध्ययन गरिने उहाँको भनाई छ । बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैंडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ गैंडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् । चितवन र पर्सा जोडिएकाले गैंडा यता उता गरिरहने हुँदा गैंडाको संख्या घटवढ हुने गर्दछ । पछिल्लो गणनामा देशभरका यी निकुञ्जमा कुल गैंडाको संख्या ७ सय ५२ पुगेको छ । ढकालले तीन÷चार महिनामा अध्ययन पुरा गरेर बिभागमा प्रतिवेदन बुझाउने बताउनुभयो । यो बर्ष अध्ययनमा समय लाग्ने भएकाले आउँदो बर्ष स्थानान्तरण गर्न सकिने उहाँको भनाई छ ।

    गैंडा स्थानान्तरण गर्न हिउँद पर्खनु पर्छ । बिगतमा कोशिमा गैंडा रहेको भन्दै उहाँले त्यो ठाउँ गैंडाका लागि उपयुक्त हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो“हतारमा हामी काम गर्दैनौ । बिस्तृत अध्ययन गरेर सरोकारवालाहरु संग छलफल समेत गरेर टुङ्गो लगाउँछौ ।”कोशि गैंडाका लागि उपयुक्त देखिएमा प्रदेश नम्बर १ र मधेश प्रदेशका लागि पर्यटकीय गन्तव्य समेत हुने उहाँको भनाई छ । यस संगै गैंडाको बासस्थान बिस्तारमा यो महत्वपूर्ण हुन सक्छ ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य निकुञ्जको पश्चिमी क्षेत्रमा जोखिममा रहेका गैंडा आन्तरिक रुपमा स्थानान्तरण गर्नु पर्ने देखिएकाले अध्ययन थालिएको बताउनुहुन्छ । बि. सं. २०७४ सालमा बाढिका कारण धेरै गैंडा बगेर भारत पुगेका थिए । केही गैंडा उद्धार गरि फिर्ता ल्याए पनि अरु केही ल्याउन सकिएको छैन । आचार्यले एकै ठाउँमा धेरै गैंडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम समेत वढेको बताउनुभयो । उहाँको भनाईमा बासस्थानको बिस्तार गरि केही गैंडा पूर्ब ल्याउन सकेमा उपयुक्त हुन्छ ।

    अध्ययन समितिले यो बिषयमा बिस्तृत रुपमा अध्ययन गर्दै छ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरि गैंडा पूर्ब लैजान लागिएको हो । निकुञ्जमा गैंडाको संख्या वढ्दै जाने तर बासस्थानको व्यवस्थापन संख्याको आधारमा गर्न नसक्दा समस्या देखिएको छ । बिभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले समितिले प्रतिबेदन दिए पछि मन्त्रालयले आबश्यक निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो“सम्भबत अर्को बर्ष स्थानान्तरण गर्ने गरि अध्ययन यो बर्ष सकिन्छ ।”गैंडा, अर्ना, बाह्रसिंगे र कृष्णसार स्थानान्तरण गर्नका लागि अध्ययन थालिएको उहाँले बताउनुभयो । पूर्बी चितवनको टिकौलीमा कृष्णसार ल्याउनका लागि अध्ययन गरि समितिले प्रतिवेदन दिई सकेको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटा र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट कृष्णसार ल्याउन, कोशिटप्पु राष्ट्रिय निकुञ्जबाट अर्ना ल्याउन र शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याउनका लागि अध्ययन सुरु गरिएको हो । पूर्वी चितवनको टिकौली चौरमा कृष्णसार ल्याउनका लागि यस अघि नै अध्ययन गरिसकिएको छ ।सो ठाउँमा १६ देखि १८ वटा कृष्णसार ल्याउन सकिने गरी अध्ययन गरेर प्रतिवेदन बुझाईसकिएको छ । खुल्ला खोर (पूर्वाधार) निर्माण गरी कृष्णसार ल्याउन सकिने अध्ययनले देखाएको छ ।

    सोलार फेन्स गरेर बीचको भागमा माटाका थुप्राहरु बनाउनु पर्ने हुन्छ । सर्वसाधारणले अवलोकन गर्न सक्ने गरी स्थानान्तरण उपयुक्त हुने अध्ययन प्रतिबेदनमा उल्लेख छ । निकुञ्जमा यस अघि ल्याईएका सात वटा बाह्रसिंगे मध्ये ६ वटा मरिसकेका छन् । तत्कालिन समयमा दुई भाले र पाँच पोथी बाह्रसिंह शुक्लाफाँटाबाट ल्याईएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा बनाईएको खुल्ला खोरमा अर्नासँगै बाह्रसिंगे राखिएको थियो । सो खोरमा हाल तीन वटा अर्ना रहेका छन् । तत्कालिन समयमा कोशिटप्पुबाट १३ वटा र सदर चिडियाखानाबाट दुई वटा अर्ना ल्याईएको थियो ।

    ल्याईएका अर्ना मरेर तीन वटा बच्चा मात्रै बाँकी रहेका छन् । ती यही जन्मिएका बच्चा हुन । ठूलो संख्यामा अर्ना ल्याएर वर्षाको समयमा बथानमा खुल्ला छोड्ने गरी अर्ना स्थानान्तरणको योजना बनाईएको छ । वर्षातको समयमा एकै ठाउँमा राख्दा समस्या देखिएपछि हिउँदमा केही समय खोरमा राखेर छाड्ने गरी स्थानान्तरण गर्ने योजना बनाईएको हो ।

    एकै ठाउँमा वन्यजन्तु रहँदा कुनै महामारी रोगव्याधी भएमा वंश बिनास हुन सक्ने भएकाले विभिन्न ठाउँमा स्थानान्तरण गर्न लागिएको कंडेलले जानकारी दिनुभयो । यस अघि यहाँबाट दुर्लभ एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरण गरिएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.