चितवन । नेपाली कांग्रेस चितवनले “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत आज शनिबारबाट जिल्लाका ९८ वटै स्थानीय तहमा प्रतिनिधि खटाएर पठाएको छ । काङ्ग्रेस चितवनले प्रत्येक वडाम तीन जनाका दरले एक जना सयोजक रहने गरि कुल २ सय ९४ जना प्रतिनिधि खटाएको जनाएको छ ।
काङ्ग्रेस चितवनले प्रत्येक स्थानीय तहमा खटिएर जाने आफ्ना प्रतिनिधिहरुलाई जनताका सामु कसरी प्रस्तुत हुने भन्ने बारेमा प्रशिक्षण दिएर जनताको घर घरमा पठाएको हो । कांग्रेस चितवन आगामी स्थानीय निर्वाचनमा बर्चश्व कायम गर्ने गरी निर्वाचनमा होमिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गरेर हामीले प्रतिनिधि खटाएका हौ, देश भरी काङ्ग्रेस जिताउ अभियान चलिरहेको बताउदै खनालले जनताका माझ हामी हासी खुसी प्रस्तुत भएको बताए ।
निर्वाचन लक्षित गरेर कांग्रेसले विभिन्न गतिविधि गर्दै आएको छ । यद्यपि सक्रिय रुपमा भने बल्ल चुनावी अभियानमा लागेको छ । खनालले जिल्लाको सबै स्थानीय तहमा काङ्ग्रेसको बर्चश्व कायम हुने गरी अभियान थालेको बताए । यसपटक हामी खरो रुपमा प्रस्तुत हुँदै छौ , नेपाली काङ्ग्रेस चितवन आगामी स्थानीय तहको निर्वाचन केन्द्रित भइसकेको छ सभापति खनालले भने हामी जनताको घर दैलो अभियानमा जुटिरहेका छौ ।
बिगतको गल्ती अहिले हामी दोहोरिन दिदैनौ, भरतपुर माहानगरपालिकाको मेयर पद हामिलाइ चाहिन्छ सभापति खनालले भने, यी र यस्तै कुराहरु जनता माझ लैजानको लागि हामिले प्रतिनिधि खटाएका हौ । नेपाली काङ्ग्रेस चितवनले दिएको जानकारी अनुसार वडा कमिटी, टोल कमिटी, स्थानीय कार्यकर्तालाई परिचालन गरेर घरदैलो कार्यक्रम गरिने छ । ५ दिनसम्म वडामा रहेर प्रतिनिधिले काम गर्ने छन् । पार्टीका , महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र पार्टीका बुद्धिजीविहरुलाई वडामा खटाईएको छ ।
उनीहरुले घरदैलोसँगै वडामा जितका लागि गर्नुपर्ने कामहरु लगायतका विषयमा पनि अध्ययन गर्ने सभापति खनालको भनाई छ । काङ्ग्रेस चितवनले फागुन २९ गतेबाट जिल्लामा निर्वाचन अभियान शुरु गरेर चैत १ गते संघीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान शुरु गरिसकेको छ । जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या २८ हजार रहेको छ । वडामा खटिएर जाने प्रतिनिधिहरुलाइ गत बिहीबार भरतपुरमा प्रशिक्षण दिइएको थियोे ।








