चितवन । चितवनका तीन उद्योगी व्यवसायीहरुको संगठनले महानगर क्षेत्रभित्रका कुनै पनि होर्डिङ बोर्डको शुल्क भुक्तानी नगर्न व्यवसायीलाई आग्रह गरेका छन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेल र चेम्बर अफ कमर्सका उपाध्यक्ष गोपाल भट्टराईले शुक्रवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी होर्डिङ बोर्डको शुल्क भुक्तानी नगर्न आग्रह गरेका हुन् ।
भरतपुर महानगरपालिकाले रावश्व परामर्श समितिको बैठकको निर्णय बमोजिम कुनै पनि उद्योग व्यवसायको वस्तु तथा सेवाको विज्ञपन गर्ने उद्देश्य नभई विशुद्ध आफ्नो व्यवसायको परिचय गराउने प्रयोजनका लागि व्यवसाय रहेको घर वा सटरमा राखिएको जुनसुकै प्रकृतिको होडिङबोर्ड लाइटबोर्ड, डिस्प्लेलबोर्डलगायतका सामग्रीमा कर संकलन नगर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ ।









