चितवन । प्रजातान्त्रिक बिचार समाज नेपालले सामाजिक क्षेत्रमा उच्च योगदान पुर्याएको भन्दै चितवनकी काङ्ग्रेस नेतृ मैया देबि श्रेष्ठलाई सम्मान गर्ने भएको छ । कोरोना माहामारिका कारण श्रेष्ठलाई सम्मान गर्न नसकिएको हुदा हालको समय राम्रो भएको हुदा सम्मान गर्न लागिएको समाजले जनाएको छ ।
भोलि दिउँसो १२ बजे श्रेष्ठ कै निजि निवासमा पुगेर सम्मान गरिने कार्यक्रम रहेको समाजको भनाइ छ । श्रेष्ठलाई हिडडुल गर्न गाह्रो हुने भएको हुदा घरमा नै सम्मान गर्ने कार्यक्रम राखिएको पारिवारिक श्रोतले बताएको छ । । श्रेष्ठले प्रजातान्त्रिक, सामाजिक र राजनैनिक तिनै क्षेत्रमा अति उल्लेखनीय योगदान पुर्याएको हुदा सम्मान गर्न लागिएको समाजका बागमती प्रदेश सयोजक भरत दवाडीले बताए ।
एक बर्ष अगाडी नै हामीले वहाँलाई सम्मान गर्ने भनेर निणय गरेका थियौ तर प्रतिकुल समयका कारण स्थगित हुन पुगेको थियो दवाडीले भने ।








