चितवन । आगामी स्थानीय तहको निर्वाचन २०७९ का लागि चितवनमा ३ लाख ९७ हजार ६८५ जना मतदाताको टुंगो लागेको छ । जसमा महिला २ लाख ४६ हजार ६६ , पुरुष १ लाख ९३ हजार १८ र १ जना अन्य लिङ्गीका छन् । उनीहरुले जिल्लाको १६१ मतदान स्थलको ४५१ मतदान केन्द्रमा भोट हाल्ने हुन् । चितवनमा सात वटा स्थानीय तह रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा सवैभन्दा धेरै १ लाख ८५ हजार ७५२ जना मतदाता रहेका छन् । ९६ हजार ८६७ जना महिला, ८८ हजार ८८४ जना पुरुष र १ जना अन्य लिङ्गीका छन् ।
उनीहरुले नै आगामी स्थानीय तहको निर्वाचन २०७९ मा मत हाल्नेछन् । यहाँ ६५ वटा मतदान स्थल र २०२ वटा मतदान केन्द्र तोकिएको छ । रत्ननगर नगरपालिकामा ५२ हजार ६४२ मतदाता रहेको आयोगले जनाएको छ । २७ हजार २९५ महिला, २५ हजार ३४७ पुरुष रहेका छन् । २१ वटा मतदान स्थल र ६० वटा केन्द्र तोकिएको छ । खैरहनी नगरपालिकामा ४३ हजार ५३१ जना मतदाता रहेको र जसमा २२ हजार ७९९ महिला र २० हजार ७३२ जना पुरुष रहेका छन् । यहाँ ११ वटा मतदान स्थल र ३७ वटा मतदान केन्द्र तोकिएको छ ।
राप्ती नगरपालिकामा २० हजार १५४ महिला र २० हजार ४९५ पुरुष गरी ४० हजार ६४९ जना मतदाता, १८ वटा मतदान स्थल र ४७ वटा मतदान केन्द्र तोकिएको छ । कालिका नगरपालिकामा ३१ हजार १५७ जना मतदाता रहेको र १५ हजार ५९७ जना महिला र १५ हजार ५६० महिला रहेका छन् । यहाँ ११ वटा मतदान स्थल र ३७ मतदान केन्द्र तोकिएको छ । माडी नगरपालिकामा २८ हजार ३२० मतदातामा १४ हजार ५६२ महिला, १३ हजार ७५८ महिला रहेका छन् । यहाा १५ वटा मतदानस्थल र ३२ वटा मतदान केन्द्र तोकिएको छ ।
इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदातामा ७ हजार ३९२ महिला र ८ हजार २४२ पुरुष रहेका छन् । १४ वटा मतदान स्थल र २२ वटा मतदान केन्द्र रहेको छ । बाग्मती प्रदेशभर भने ३४ लाख १२ हजार ८६९ मतदाता कायम भएका छन् । जसमा १७ लाख ७ हजार ९४२ जना महिला, १७ लाख ४ हजार ८९८ जना पुरुष र २९ जना अन्य छन् ।
प्रदेशभर १ हजार ७९२ मतदानस्थल र ४ हजार ९५ मतदान केन्द्र तोकिएको छ । देशैभर एकसाथ हुने निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।









