चितवन । नेपाल मुस्लिम संघका सस्थापक अध्यक्ष अब्दुल सतारले मुस्लिम समुदायको हक अधिकारको लागी आफू जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका सतारले आफ्नो हक अधिकारका लागी लड्न संघमा आबद्ध सबैलाई आग्रह गर्नु भयो ।
नेपाल मुस्लिम संघ चितवनको तेस्रो जिल्ला अधिबेशनलाई आज नारायणगढ सम्बोधन गर्दै सतारले आगामी स्थानीय चुनावलाई भब्य रुपमा सफल बनाउनका लागि सबैलाइ अपिल समेत गर्नुभयो । संघ नेपाली काङ्ग्रेसको एक अभिन्न अग भएकाले चुनावमा नेपाली काङ्ग्रेसलाई हरतरहले सहयोग गर्न सबै सदस्यहरुलाइ बिन्ती गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली काङ्ग्रेस र मुस्लिम संघ बिच गहिरो सम्बन्ध रहेकोेले मुस्लिम समुदायको लागि जुनसुकै सहयोग गर्न आफू तयार रहेको प्रष्ट पार्नुभयो । सभापति खनालले आगामी स्थानीय चुनावमा पार्टीलाई सहयोग गर्न पनि संघलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका उप सभापति राजिब न्यौपाने,नेपाल मुस्लिम संघका केन्द्रिय सचिब प्रबेज आलम, नेपाली काङ्ग्रेसका माहासमिती सदस्य बेल बहादुर गुरुङ, माहाधिबेसन प्रतिनिधि डा सुर्यकान्त घिमिरे, संविधान सभा सदस्य बिष्णु माया परियार लगायतले बोल्नु भएको थियोे । संघको अधिबेशन नारायणगढमा जारी छ ।








