• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

रत्ननगरमा मातृशिशु भवनको शिलान्यास

  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको रत्ननगर नगरपालिका २ मा मातृशिशु भवन बन्ने भएको छ । बकुलहर रत्ननगर अस्पताल परिसरमा तीन तलाको सुविधा सम्पन्न भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ । शिलान्यासपछि सम्बोधन गर्दै नगरप्रमुख नारायण वनले हेल्थपोष्टलाई प्रदेश मातहतको अस्पताल बनाउन सफल भएको बताउँदै स्वास्थ उपचारका लागि भरतपुर र काठमाडौं जानुपर्ने वाध्यताको अन्त्य भएको बताउनुभयो ।

    अब नर्सिङको पढाइ सुरु गर्ने लक्ष्य रहेको बताउँदै मातृशिशु भवन निर्माणपछि थप व्यवस्थित सेवा दिन सहयोग पुग्ने जानकारी दिनुभयो । साथै थेरापी, डायलासीसको सुविधा सुरु भईसकेको भन्दै थप डायलासिसका मेशिन थप्ने उहांको भनाइ थियो । उप–प्रमुख विमला दुवाडीले उपचार अभावमा आमा,दिदिबहिनीहरुले समस्या भोग्नुनपर्ने बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्मचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिशिर पौडेलले १४ करोड ५८ लाख ९७ हजार लागत अनुमान गरेपनि आशिष योगेश्वर गृह जेभि काठमाण्डौले ९ करोड ५८ लाख ८६ हजारमै ठेक्का सकारेको जानकारीदिनुभयो ।

    चालु आर्थिक वर्षमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले १ करोड ५० लाख र रत्ननगर नगरपालिकाले १ करोड ५० लाख बजेट दिएर काम सुरु गरिने र बहुवर्षिय आयोजनाका रुपमा तीन आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन डा. विश्ववन्धु वगालेले ५० बेडको मातृशिशु भवन संचालनमा आउने र यसले भरतपुर अस्पतालमा सुत्केरी गराउनेको भीडलाई कम गर्नुका साथै पूर्वी चितवनको गुणस्तीय सेवा दिने अस्पताल हुने दावी गर्नुभयो ।

    रत्ननगरको मध्य भागमा अवस्थित बकुलहर रत्ननगर अस्पताल २०२४ सालमा स्थास्थ्य चौकीका रुपमा स्थापना भइ त्यस क्षेत्रका वासिन्दाहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आइरहेको छ । २०६५ सालमा १५ शैया क्षमताको अस्पतालमा स्तरोन्नती भएर २०७७ सालमा प्रदेश सरकार मातहत व्यवस्थापन हुने गरि ५० शैयाको क्षमतामा स्तरोन्नती भएको छ । स्थापनाकाल देखि नै मातृशिशु सम्बन्धि गर्भवती जाँच, खोप सेवा, सामान्य प्रसुती सेवाहरु उपलब्ध गराउँदै आएता पनि अपरेसन सहितको प्रसुती सेवा उपलब्ध नहुँदा अधिकांश सेवाग्राहीको रोजाइमा पर्न सकेको थिएन ।

    तर २०७३ साल फागुन ४ देखि स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध भए सँगै सेवाग्रहीको मन जित्न समेत सफल भइरहेको छ । अहिले अपरेशन सहित २४ सै घण्टा प्रसुती सेवा शुरु भए सँगै अस्पतालमा मातृशिशु सेवाले गति लिदै गयो । २०७४ साल मंसिर २० गते अस्पतालको अपरेशन थियटरमा शल्यक्रिया गरि पहिलो पटक बच्चा जन्माइएको थियो ।

    सेवाग्राही बढ्दैजादा अस्तपतालमा मातृशिशु सम्बन्धी सम्पूर्ण सेवाहरु छुट्टै ब्लक बाट उपलब्ध गराउन अस्पताल परिसरमा भवनका लागि आज शिलान्यस गरिएको हो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.