• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

‘हिजोको विकट इच्छाकामनालाई दिनरात खटेर निकटमा ल्याएका छौँ’ (अन्तरवार्ता)

"नेताको होइन, जनताको नजिक हुनेलाई टिकट दिनुपर्छ  "
  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिन केही महिना बाँकी हुँदा नयाँ निर्वाचनका लागि मिति घोषणा भएर निर्वाचन आयोगले अन्तिम मतदाता नामावली समेत प्रकाशीत गरेको छ । सवै जिल्लामा मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत तोकी मतदानस्थल र मतदान केन्द्र समेत सार्वजनिक गरेको छ ।

    प्रायको ध्यान निर्वाचन केन्द्रीत भइरहदा चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनाकी अध्यक्ष गीता कुमारी गुरुङ भने अझैपनि जनताको घरघर पुग्ने र समस्या सोध्दै सम्भव भएसम्म समाधानमा व्यस्त हुनुहुन्छ । साथै गाउँगाउँमा पुगेर २०७४ को चुनावमा जनतासँग भएका गरेका प्रतिवद्धता पूरा भएकी भएनन् निरीक्षण गर्दै हुनुहुन्छ । अन्तरवार्ताका क्रममा गाउँपालिका पुग्दा मुस्किलले समय मिलेको उहाँले आँखाको उपचारका लागि गाउँपालिका आउनुभएकी एक महिलालाई आर्थिक सहयोग र अस्पतालसँग समन्वय गर्दै हुनुहुन्थ्यो ।

    गीता कुमारी गुरुङ २०७४ सालको स्थानीय चुनावमा ३ हजार २५४ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । अवको चुनावका लागि इच्छाकामनामा कुल १५ हजार ६३४ मतदाता पुगेका छन् । उनीहरुले २०७९ साल वैशाख ३० गते हुने चुनावमा मत हाल्नेछन् ।

     

    तपाईलाई गाउँगाउँ पुगेको देखिन्छ,हुन त अध्यक्षको काम पनि होला खास उद्देश्य चाहिँ के हो ?

    स्थानीय तह सम्हालेको करिव पाँच वर्ष पुग्न लागेको छ । हामी अन्तिमतिर छौँ । हामी जनप्रतिनिधिहरुको केही समय मात्रै बाँकी छ । हिजो निर्वाचनमा जाँदा जनतासँग जुन प्रतिवद्धता गरेर निर्वाचित भएका थियौँ अहिले त्यो प्रतिवद्धता पूरा भएकी भएनन् भनेर हेर्न गाउँगाउँ हिँडेको छु । यो पाँच वर्षमा आफूहरुले जनतालाई भनेका, बोलेका मेरा जनताले सोँचेका  सपनाहरु कति पूरा भए भएनन् । ती कुराहरुको जानकारी जनतसाँग हामीले लिनुपर्छ ।

    जनताले अनुमोदन गरेर हामीलाई पठाएपछि हामी उनीहरुप्रति उत्तरदायी हुनैपर्छ । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले पनि अहिले म जनताको घर घर पुग्ने गरिरहेको छु । अर्कोतर्फ पाँच वर्षको अवधिमा के कति काम गर्यौँ त? किनकी जनताले भोट हालेर पठाएकाले हामी जनताको सेवक हो । कति सेवा दिन सक्यौँ त ? त्यस्तै प्रशासनिक, विकास, सुशासन, भौतिक निर्माण, ऐन कानुन ,कार्यक्रम, योजना ल्याएर कार्यान्वयन गर्यौँ त ? यी सवै कुरामा हामीले कति परिणाम दिन सक्यौँ त ? हामीले गरेका कार्यसम्पादन मूल्याङ्कन जनतासँग राख्नुपर्छ भनेर अहिले हामी गाउँगाउँमा गइरहेका छौँ ।

    वडामा गएर त्यहाँका टोल, नागरिक समाज, राजनीतिक दल, हरेक व्यक्तिहरुलाई तपाईको टोलगाउँ वडामा हिजो यो थियो आज यतिसम्म गर्न सक्यौँ भनेर जानकारी गराइरहेका छौँ । त्यसैले गाउँगाउँमा छौँ ।

    हिजोको इच्छाकामना र आजको इच्छाकामनामा परिवर्तन आयो त ?

    हिजोको अवस्था र आजको अवस्थामा त धेरै परिवर्तन आएको छ । हिजो हामी निर्वाचित हुँदैगर्दा कसरी काम गर्न सकिन्छ होला? यस्तो विकट, दूरदराजका गाउँमा ? जनताले भोट हालेर त पठाउनुभयो । अव जनताको काम कसरी गरेर परिणाम देखाउने होला ? भन्ने चिन्ता त थियो । तर चुनौतिसँगै जनप्रतिनिधिमा पनि अध्यक्ष हुने अवसर पाएँ हौसला पनि थियो जोश र जाँगर पनि । जनताले पत्याउनुभयो ।

    केही गर्छ नै भनेर जिताउनुएको हो नि । यहाँ चेपाङ, दलित तथा विपन्न वर्गहरु धेरै हुनुभएको गाउँपालिका हो । काम गर्न कठिन नै छ भन्ने थियो तर पदभार ग्रहणपछि म जनताको सेवक हँु भन्ने मन्त्रलाई मनमा राखेर योजना, कार्यक्रम,चुनावमा जनतासँग गरेको प्रतिवद्धतालाई जनताको आवश्यकता ठानेर सोही अनुसार कार्यक्रम,योजना, बजेट बनाउन, बजेटको आकार बढाउन, आन्तरिक आय वृद्धिमा निरन्तर लागिरह्यौँ ।

    प्रतिफलस्वरुपः जनप्रतिनिधिहरुको सक्रियताले आज घण्टौँ हिँडेर आवतजावत गर्नुपर्ने गाउँगाउँमा मोटरबाटो पुर्याउन सकेका छौँ । हरेक टोल सडक सञ्जालबाट जोडिएको छ । एक वडाबाट अर्को वडा जान सडक छ । हरेक ठाउँमा खानेपानीको व्यवस्थापन भएको छ । शिक्षामा तीव्र प्रगति देखिएको छ । कृषिमा व्यवसायीकरण गरिएको छ, आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै सुन्तला खेती लगायतलाई प्रोत्साहन गर्न सकिएको छ । यहाँभित्रका पर्यटकीय क्षेत्रलाई एकीतृत गरी संरक्षण र विकासमा लागिरहेका छौँ । यी लगायतका कार्यहरु हेर्दा आफू जनप्रतिनिधि हुने जुन अवसर पाइयो, चुनौतिपूर्ण ठाउँलाई पनि एउटा परिवर्तन बनाएर लैजान सक्दा आफूलाई अहिले भाग्यमानी नै ठानेको छु ।

    धेरैले काठमाण्डौ जाने सडक किनारमै पो रहेछ इच्छाकामना त भन्छन् । गाउँपालिकाको कार्यालय पनि हाइवे नजिकै छ । खास ईच्छाकामनाको भौगौलिक अवस्था के हो?

    तपाईको प्रश्न यसरी आयो जुन म आफैले धेरै पटक भोगेको छु । अझैपनि कतिपयलाई के लाग्दो रहेछ भने इच्छाकामना भनेको हाइवेको ३५÷३६ किलोमिटर त हो नि । तर इच्छाकामना गाउँपालिकाको सात वटा वडा छ । वडानम्बर १ ,२ र ६ अति विकट हो । अहिले त्यो विकटता हिजो थियो, आज छैन । हामीले दिनरात खटेर निकटमा ल्याइसकेका छौँ । अहिले हामी जुन ठाउँमा जान खोजेका हौँ, सो ठाउँमा सहजै र समयमै पुग्न सक्छौँ ।

    किसानले आफ्नो उत्पादन समयमै बजारसम्म ल्याउन सक्ने वातावरण वनेको छ । हिजो कथा भनेजस्तैगरी इच्छाकामनालाई चिनाउनुपर्ने वाध्यता थियो । यो तितोसत्य हो । तर अहिले जनप्रतिनिधि आउनुपूर्व कथा जस्तै भनेर चिनाउनुपर्ने ठाउँहरुलाइ आज सहजै पुगेर आँखाले हेरेर, हातले छोएर अवलोकन गर्न सक्ने बनाएका छौँ । हिजोको विकटतालाई स्थानीय तहको निर्वाचनमा मेरो नेतृत्वमा आएको जनप्रतिनिधिहरुले निकटतामा ल्याएर एकदमै परिवर्तन गरेका छौँ ।

    आज धेरै सहजता भएको छ । तर अझै गर्न बाँकी छ । गाउँपालिका भएकाले पर्याप्त बजेट अभाव, संघ प्रदेश सरकारलाई बुझाउन कठिन,बुझाएपछि बजेट ल्याउन कठिन यी आदि इत्यादी त छ नै तर पनि जति स्रोत हामीसँग थियो त्यही परिचालन गरेर अहिले आएको परिवर्तनबाट हामी खुसी छाँै, सन्तुष्ट हुन बाँकी नै छ ।

    अहिले वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना, वडा कार्यालयहरुको आफ्नै भवन निर्माण, गाउँपालिका आफैले अस्पताल संचालन लगायतका धेरै काम गरेका छौँ । चाँडै यो पाँच वर्षको अवधिमा भएका कार्यहरुको विवरण सहित पत्रकार सम्मेलन गर्ने तयारीमा छौँ ।

    एक त महिला, त्यसमाथि गाउँपालिकाको अध्यक्ष । काम गर्न कति सजिलो रहेछ ?

    हेर्नुस् चुनौति त हुदो नै रहेछ । काम गर्नेक्रममा चुनौति छ । सुरुसुरुका समय त महिलाले के गर्न सक्छ र ? कहाँबाट बजेट ल्याउँछ र ? भन्ने कुराहरु पनि आए । महिलाले कर्मचारीहरुलाई कसरी परिचालन गर्न सक्ला लगायतका कतिपय प्रश्नहरु समाजबाट आए । तर मैले त्यसरी आउने भ्रमपूर्ण प्रश्नलाई चिर्दै, समाजका विकृति विसंगतिलाई उखेल्दै रुढीवादी सोचलाई परिवर्तन गराउँदै हिँडे । किनकी मलाई यो त अवसर थियो । नेपालको संविधान २०७२ ले सृजना गरेको ऐतिहासिक मौका थियो । अवसरलाई स्थापित गराउन म निकै लागिपरेँ । त्यसपछि समाजले पनि बुझ्न थाले की गीता कुमारी गुरुङले काम गर्न सक्छ ।

    चुनौतिपूर्ण भएपनि त्यसरी आउने प्रश्नलाई मैले एकदम सहर्ष खुसीसाथ स्वीकार गरेर सवै भ्रमलाई चिर्न सफल भएँ । अहिले गाउँपालिकामा कुनै आर्थिक अनियमितता, भ्रष्टचार भयो भन्ने लगायत कुनै गुनासो आउन दिएको छैन ।

    जनतालाई जसरी हुन्छ सहजै सेवा दिइरहेका छौँ । मालिक होइन की सेवक बन्न आएकाले जनताले पनि सजिलै बुझ्न थाल्नुभयो। अस्तव्यस्ततालाई व्यवस्थापन गरेँ । संघर्षका साथ काम गरेँ । तर चुनौति भने आउँछन् । हिम्मतका साथ चिर्दै जानुपर्छ । जनताले आफै बुझ्न थाल्छन् ।

    संघ र प्रदेशको सहयोग कस्तो रह्यो ?

    हामीले इतिहासमै पहिलो पटक संघीय संरचनाको अभ्यास गर्यौँ । केन्द्रले समातेर बसेको अधिकारलाई फ्वात्त छोड्दाखेरी कति आफ्नो बहसमा रहने, कति अरुलाई जान्छ भन्ने कौतुहल रहिरह्यो । यस कारण संविधानले नै संघ र प्रदेशले स्थानीय तहलाई दिनुपर्ने अधिकार जुन प्रष्ट तोकेको छ त्यो पूरै नभएपनि संघ र प्रदेशसँग बाझिने कानुन हामीले बनाएनौँ । मिल्दोजुल्दो आफूलाई प्राप्त अधिकारमा रहेर काम गर्यौँ । बजेटिङको काम गर्दा केही कठिनाइ पक्कै आइपर्दा रहेछन् ।

    मैले पाँच वर्षमा अनुभव गरेको कुरा के हुँदो रहेछ भने जनप्रतिनिधि भनेको ग्राँसरुटदेखि यहाँको भूगोल,जनता,समुदाय, उनीहरुको चाहाना, आवश्यकता सवै पहिचान गर्न सक्ने व्यक्ति हुन्छ । महिला भएपनि आफूले कहिल्यै कमजोर ठानिन । संविधानले मलाई के अधिकार दिएको छ र कसरी जनताको हातमा पुर्याउन सकिन्छ भन्ने अध्ययन, परामर्श, तालिम, गोष्ठीले धेरै सहयोग पुर्यायो । त्यसैले महिला भएकै कारण त केही पनि फरक परेन ।

    तर सीमित स्रोत र संघ प्रदेश सरकारबाट गरिने मूल्याङ्कनबाट भने केही कठिन पर्यो । मूल्याङ्कन भन्नाले गाउँपालिकको योजना लिएर बजेट माग्न गयो कतिपयलाई त यो गाउँपालिका छ भन्ने थाहा पनि नहुँदो रहेछ । कतिले यो त काठमाण्डौँ जाने सडक छेउमै छ विकसीत नै छ किन चाहियो भन्ने जस्ता उत्तरले भने हैरानी खेप्नुपर्यो । तर सहयोग नै नभएको चाहिँ हुँदै होइन ।

    मेरो अनुभवनले आफ्नो ठाउँलाई पहिचान गर्न सक्ने व्यक्ति हुँदा विकास पनि सहज र चाँडै हुने पाएँ । तर संघ प्रदेशमा प्रतिनिधित्व गर्नेहरु जुन भुगोलबाट गएका छन् त्यहाँको मात्रै वस्तुस्थिती चित्राङ्कन हुने, झलझली आउने र थाहा हुने भयो तर सवै ठाउँको बारेमा जानकारी नहुने हुन्छ । जस्तो इच्छाकामनाको सिराइचुली कस्तो छ भनेर चिनाउन उनीहरुलाई चित्र कोरिरहन पर्छ । तर हामीलाई त झलझली आँखामा आउँछ । के आवश्यक छ? क गर्दा यसको प्रचारप्रसार र विकास हुन्छ? कण्ठै हुन्छ । त्यसैले संघीयताले स्थानीय तहलाई बलियो गराउनुको मुख्य कारणहरु यी हुन् जस्तो लाग्छ ।

    सहज, सरल र विना विवाद निरन्तर काम गरिरह्यौँ । सिँहदरवारमा केन्द्रीत अधिकार जनताको घरमा पुर्याएऔँ । तर चितवन जिल्ला विभिन्न विषयको राजधानी भनिन्छ त्यही जिल्लाको इच्छाकामना भने विकट छ भन्ने बुझेर संघ र प्रदेशले बजेट दिएको भए अझ बढी परिवर्तन गर्न सक्थ्यौँ की भन्ने लागिरहन्छ । तर नीति र विधिले दिएअनुसार कामहरु भइरह्यो ।

    अव स्थानीय निर्वाचन २०७९ नजिक आइसक्यो । पुनः गाउँपालिकाको अध्यक्षमा दोहोरिने तयारी छ ?

    तयारी नै त के भनौँ र । हुन त चुनाव पनि आइसकेको छ । जनताको आवश्यकता र चाहाना अनुसार कामहरु अझै गर्न बाँकी छ । त्यतिमात्रै होइन,आफ्नो पनि गाउँपालिकाको समृद्धिका लागि एउटा देखेको सपनाहरु बाँकी छन् । केही अधुरा छन् । पाँच वर्षसम्म अनुभव गरेका, हिँडेर देखेका गाउँहरुको आवश्यकता कतिपय अझैपनि पूरा गर्न नसकेका योजनाहरु बाँकी छन् । ती योजना पूरा गर्न जनताले खोजिरहेका छन् । जनताको सेवक भएर पुनः आउने र उनीहरुको आवश्यकता अनुसार काम गर्न तयार भएकाले पुन अध्यक्षमा आउने अवसरलाई नकार्न सकिदैन । किनपनि भने म समाजसेवामै समर्पित हुन रुचाउने महिला हुँ ।

    जनताको सेवा गर्न पाउँदा मलाई त्यही नै स्वर्ग महसुस हुन्छ । यो अवधि कति धेरै दुःख, पीडा, समस्यामा गहिरो गरी परेका आफ्नै जनता भेटेँ । त्यसरी समस्यामा रहनुभएका मेरो भगवान स्वरुपका जनताको जीवनस्तर उकास्न मैले कुनै कसर बाँकी राखेको छैन । तर सुरुको पाँच वर्ष पर्याप्त भएन । बाँकी जिवननै समाजसेवाका लागि समर्पित गर्दै आफ्नो गाउँपालिका बनाउन होमिइसकेपछि आवश्यकताकै आधारमा जनताले गीता कुमारीको पुनःआगमन चाहेको मैले पाएँ ।

    गाउँगाउँ पुग्दापनि यही आवाज उनीहरुको छ । फेरि पनि गाउँपालिका अध्यक्षमा आउनुपर्छ भन्ने माग छ । मेरो मनस्थिती पनि दोहोरिनु पर्छ की एक पटक भन्ने छ । यो चाहानाले भन्दा पनि आवश्यकताले पनि म दोहोरिनुपर्छ भन्ने लागेको हो । जनताले पुनः माग गरिरहदा म आफै होइन म दोहोरिन्न भन्ने छैन । त्यसैले आवश्यकता र माग अनुसार हुन्छ ।

    यो गाउँपालिकालाई कस्तो बनाउन खोजिएको हो ? कस्तो परिकल्पना थियो जसलाई पूरा गर्न पुनः अध्यक्षमा दोहोरिनुपर्ने हो ?

    हेर्नुहोस् हाम्रो त्यति ठूलो सपना छैन । सुरुमा घण्टौँ हिँडेर घर जानुपर्ने जनताको वाध्यतालाई प्राथमिकता दियौँ र सडकसञ्जालले जोड्यौँ । दोस्रो एक गाग्री पानी लिन कति कठिन थियो अहिले सम्झदा पनि कहालिलाग्दो छ । हामीले घरमै धारो ल्यायौँ। शिक्षामा, स्वास्थ्यमा पनि हाम्रो पहल भएर काम गर्यौँ । मैले भनिहालेँ, पाँच वर्षका उपलब्धी चाँडै सार्वजनिक गर्दैछौँ । जहाँसम्म तपाइको प्रश्न छ किन दोहोरिने भन्ने ? हामीले अझै बनाउन खोजेको भनेको इच्छाकामनाले जुन नारा बोकेको छ, ‘सुखी खुसी समृद्ध इच्छाकामना, कृषि, पर्यटन, पूर्वाधार विकास, हाम्रो चाहाना’ यसलाई सय प्रतिशत सफल बनाउनु पर्छ भन्ने हाम्रो अर्जुनदृष्टी हो ।

    यसभित्र धेरै कुराहरु पर्छ । जनताले चाहे अनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ । जनप्रतिनिधिले एउटा प्लानिङ गराएको हुन्छ, त्यो प्लानिङ भित्र जुन परिकल्पना छ त्यसलाइ पूरा गर्न योजना बनाउने र एकवद्ध भई लाग्ने कार्यमा हामी एक छौँ । तरपनि यसले पूर्णता पाएको छैन । यो परिकल्पनालाई पूरा गर्न पाँच वर्षले आधार अर्थात् जग भने हालेको छ ।

    यही जगलाई उठाएर यस्तो बनाउने लक्ष्य हो की इच्छाकामनाका सवै नागरिक आफै सक्षम भएर सवै कुराले परिपूर्ण र भरिपूर्ण ठाउँ हो भन्ने जनमानसमा स्थापित भओस्। नाराले मात्रै होइन वास्तविक कामले त्यो देखाउन चाहान्छाँै । रुपान्तरणको सपना देखेका छौँ । यसैलाइ पूरा गर्न अझै समय चाहिन्छ । निरन्तरता दिएर काम गर्नुपर्छ भन्नेनै भएर दोहोरिने भनेको हुँ ।

    अन्त्यमा अव पार्टीले टिकट दिने समय आयो । तपाईको विचारमा के कसरी मूल्याङ्कन गरी टिकट वितरण हुनुपर्छ ? तपाई महिला पनि । कसरी यहाँले गरेका कार्यहरु पार्टीले लिने ? टिकट पाउने तपाईको सम्भावना कति छ ?

    हेर्नुस् म महिलालाई मात्रै भनेर भन्दिन । चाहे महिला पुरुष वा अन्य । पाँच वर्षमा जनप्रतिनिधिहरुले काम गर्नुभएको छ । यदि गर्नुभएको छ भने कसले कति गर्नुभयो त? कसले जनताको साँच्चिकै आवश्यकता पहिचान गरेर काम गर्नुभयो त ? कामको आधारमा पनि एकदमै महत्व दिएर हेर्नुपर्छ ।

    किनकी हामीलाई पार्टीले टिकट दिएको हो । टिकट पाएको व्यक्तिले विकास र परिवर्तन गर्यो है भन्ने त पार्टीले देख्नुपर्यो । त्यसैले काम त महत्वपूर्ण सूचक हो नै । विकास मात्रै होइन सुशासन, भ्रष्टचारमुक्त आफ्नो स्थानीय तह लगायत गर्न सक्यो कि सकेन त ? आफ्नो जिम्मेवारी बहन गर्न सक्यो कि सकेन, प्राप्त अधिकारलाई जनतामाझ लैजान कति कानुन बनाय त लगायत हर्नुपर्यो । मेरो पार्टी मात्र होइन अन्य पार्टीले पनि त्यो हेर्नुपर्छ र मूल्याङ्कन गर्नुपर्छ भन्ने लाग्छ ।

    अर्को पक्ष भनेको टिकट दिएर पनि उसले सफल गर्न सक्यो कि सकेन त ? आफ्नो कार्यकाललाई विवादरहित सुशासन सहित संचालन गर्न सक्यो कि सकेन? जनताले देखेका सपना पूरा गर्न सक्यो कि सकेन ? यी कुराहरुलाई पनि मध्यनजर गरेर उम्मेदवार चयन गर्नुपर्छ । कोही व्यक्तिको, नेताको आसेपासे भएर झोला बोकेर मलाई टिकट दिनुपर्छ भन्दै माग्दै हिँड्नेलाइ भन्दा त्यो भूगोल र भूमिले,जनताले असाध्यै नजिकबाट चिनेर यो व्यक्तिको चाहिँ आवश्यकता छ है भन्ने खालको वातावरण भएको मान्छेलाई टिकट दिनुपर्छ ।

    मेरो हकमा इच्छाकामनाको विकटता हटाएर निकटतामा ल्यायौँ, सुशसान भ्रष्टचारमुक्त गाउँपालिका बनाउन सफल भयौँ । आजको दिनसम्म पनि मानिसहरु टिकटका लागि नेताहरुकहाँ पुग्या होलान् दौड्याहोलान्, आश्वासन दिने नेतालाई पुज्दै हिँड्याहोलान् अन्य के के गर्या होलान तर म मेरो नागरिकलाई पुज्ने हो । जनप्रतिनिका लागि सवैभन्दा देवता भनेको नै नागरिक हो मेरो जनता हो ।

    मेरो चेपाङ समुदाय हो, गुरुङ समुदाय हो, यहाँका हरेक जाजाती, भाषा धर्म संस्कृति अंगाल्ने इच्छाकामना गाउँपालिकका सवै जनता मेरो देवता भनेपनि भगवान भनेपनि । उनीहरुको म सेवक हो । सेवा गर्नका लागि म हिँडीराछु भने मूल्याङ्कन यसरी हुनुपर्छ र नेताको नजिक बस्नेलाई भन्दा जनताको काम गर्ने मान्छेलाई टिकट दिनुपर्छ ।हिजोका दिनमा जसरी आजको समय जनता अनविज्ञ छैनन् । अहिले व्यक्तिको समेत मूल्याङ्कन गर्न सक्ने जनता भइसकेका छन् । जसका कारण जनताले पनि आफ्नो ठाउँलाई आवश्यक को हो त ? कसलाई अमूल्य मत दिँदा साँच्चै आफ्नो गाउँठाउँको विकास हुन्छ त भन्ने बुझेर मत खसाल्नुपर्छ । सवैभन्दा ठूलो कुरा जनता नै हो । मलाई त्यो लाग्छ ।

     

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.