चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको सत्रकिलोमा एकाबिहानै ट्रकमा आगलागी भएको छ । बिहिवार बिहान करिब ५ः५५ बजेतिर सर्लाहीबाट इँटा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।
सडक छेउको ग्यापिङ्ग जालिमा ठोक्किदा ट्रकमा विद्युत सर्ट भई आगलागी भएको जिल्ल प्रहरी कार्यालका चितवनका प्रबक्ता नरहरी अधिकारी जानकारी दिए । दमकलको सहयोगमा आगलागि नियन्त्रणमा लिइसकिएको छ ।
दुर्घटनामा मानवीय क्षति हुनबाट भने जोगिएको छ । ट्रक पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।









