• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

कावासोतीमा मेयरका लागि कांग्रेसबाट मात्रै १० जनाको दाबी

  •   शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । कावासोती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट १० जना नेताहरुले आकांक्षा व्यक्त गरिरहेका छन् । स्थानीय तहको आसन्न निर्वाचनमा मेयर पद्का लागि जनप्रतिनिधि देखि पार्टीका जिम्मेवार नेताहरु तयारीमा जुटेको चर्चा भइरहेको छ । कावासोती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट को–को उम्मेदवारका आकांक्षी रहेका छन् भन्ने बिषयले अहिले चर्चा पाएको छ ।

    स्थानीय चुनावका लागि कावासोतीमा दलहरूले उम्मेदवार छान्न सुरु नगरे पनि सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । खास गरी प्रमुख राजनीतिक दल नेपली कांग्रेस र नेकपा एमाले पार्टीले कसलाई टिकट दिने भन्ने सवालमा अहिले चर्चा हुन थालेको छ । कावासोती नगरपालिकाको मेयरका लागी मंगलबार मात्रै काङ्ग्रेस नेता दुर्गा रिजालले मेयरमा आफ्नो उम्मेदवारी घोषणा नै गरिसकेकी छन् । त्यस्तै अर्का कांग्रेसका नेता सुरज गुरुङले स्थानीय निर्वाचन नजिक आइरहेको समयमा अग्रजहरू, साथीभाइहरू एवं नगरवासीबाट नगरको मेयरमा अघि सर्ने होइन भन्ने प्रश्नले लखेटिरहेको भन्दै घुमाउरो रुपमा आफू पनि आकांक्षी हुन सक्ने संकेत गर्नुभएको छ ।

    यसैगरी कांग्रेसका अर्का नेता ऋषी कँडेलले यस अघिनै आफ्ना ४५ बुँदे प्रतिवद्धता सहित मेयरमा उम्मेदवारी दिने आकांक्षा सामाजिक संजालबाट सार्वजनिक गरि सक्नु भएको छ । यसैबीच नगर प्रमुखमा नेपाली कांग्रेसबाट यसअघिको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नुभएका काङ्ग्रेस नेता महेन्द्र पोख्रेल फेरि उम्मेदवार बन्ने इच्छा देखाएको पाईन्छ । त्यसैगरी काँग्रेसबाट सालिकराम ढकाल, हेमु देवकोटा, रामचन्द्र भण्डारी, श्याम श्रेष्ठ, कपिल भुसाल, झपेन्द्रश्वर भुसाल लगायतले आकांक्षा देखाएका छन् ।

    कांग्रेसभित्र माओवादीसँग गठबन्धन हुने प्रवल सम्भावनासँगै उम्मेदवाराको चर्चा आन्तरिक रुपमा शुरु भएको हो । २०७४ को चुनावी परिणाम कस्तो थियो ? कावासोती नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी चन्द्रकुमारी पुन १३०४१ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १२५९४ मत पाएका थिए भने उपप्रमुखमा नेकपा एमालकै प्रेमशंकर मर्दनियाले १३८१४ मत पाएर विजयी हुदाँ नेपाली कांग्रेसकी खगीसरा गुरुङ ११६९३ मतका साथ साथ उपविजेता बनेकी थिईन ।

    १७ वडा रहेको कावासोती नगरपालिकामा ८ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ८ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वटा वडाका् वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.