• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मृत्यु के हो ? यसबाट कसरि मुक्त रहने?

  •   बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    आफ्नै नजिकको आफन्तको देहान्त भए पछि र धेरै मानिसहरुको कोरोनाका कारण छोटो समयमा मृत्यु भएको कारण आज यसै बिषयमा लेख्ने मन भयो । मानिस लगायत कुनै प्राणी अजेय छैन । जन्मे देखि कुनै समय एउटा समयमा पुगेर प्राणीको मृत्यु हुन्छ । यो सत्य हुदा हुदै जुन सुकै समुदायमा किन नहोस् यसले सधै डर त्रास र आफन्त गुमाउदाको पिडामा रुने, भबुक हुने र लामो मानसिक तनावमा रहने गरेको पाईन्छ । यसले देह त्याग गर्ने त आफु बिचमा रहेनन् तर आफन्तहरु धेरै दुःख र पिडामा हुन्छन् ।

    मानिसको मृत्यु पछि आफ्नै सामाजिक परम्परा अनुसार मृत्यु पर्यन्त संस्कार गर्ने प्रचलन छ । तर मुख्यरुपमा कोहिको देह डढाएर खरानी पार्ने, त कोहिको चिहानमा गाडेर अन्तिम संस्कार गरेको पाईन्छ । उत्तर एसियाका केहि साना समुदायमा भने मृत्यु भएको मानिसलाई काटेर चरालाई खुवाउने, किचनमा र ढोकामा गाड्ने आदि गर्ने गरेको पनि पाईन्छ । त्यस भन्दा पहिले र पछि आ-आफ्नै संस्कृति र परम्परा अनुसारका कर्महरु पनि गर्दछन् । अब चर्चा गरौ मानिसको मृत्युको । सामान्य तया मृत्यु भनेको जब मानिस श्वासप्रश्वास गर्न छोड्दछ, शरिरका अंगहरुले काम गर्न छोड्दछ, त्यस अबस्थालाई मृत अबस्था भनिन्छ वा मृत्यु भएको भनिन्छ । ओषधी बिज्ञानको अनुसार डा विलियम सि शैल मेडिसिन नेटमा भन्दछन्, शरिरका मुख्य अंगहरु: रगत संचार, मुटु, स्वासप्रस्वास, दिमाखले स्थाईरुपमा काम गर्न छोडे पछिको अबस्थालाई मृत्यु भनिन्छ । यो सर्वमान्य परिभाषालाई १९८० मा अमेरिकामा कानुनमा ब्यबस्था गरिएको थियो भनेकाछन् । डा सन्दिप जौहर दि न्युयोर्क टाईम्स (२०१९) मा लेख्छन् यदि रगत संचार भैरहे पनि मुटुले काम गर्न वा ब्रेनले काम गर्न छोडेमा मृत्यु घोषणा गर्न सकिन्छ । यो हार्बड कमिटिले निकालेको निश्कर्ष हो अहिले अमेरिका र धेरै देशहरुले यहि बिधिलाई प्रयोगमा ल्याएकाछन् । यो त भयो कानुनी तथा ओषधी बिज्ञानका मृत्यु सम्बन्धी तथ्यहरु ।

    यस्तो मृत्युलाई आध्यात्मा वा धर्मले स्किार गर्दैन । ब्रेनले काम नगरे पनि कृतिम स्वास दिएर राखेको मानिस रक्त संचार भैरहदा छाम्दा तातो हुन्छ, त्यसैले परिवार र धार्मिक बिशेष गरि जुईसहरु ब्रेन मृत्युलाई स्विकार गर्दैनन्। डा. सन्दिप जो आफै कार्डियोलोजिस्ट हुन् तर उनि आफै मृत्यु भनेको मानिसले बनाएको हो त्यसैले मृत्युलाई जैबिक, नैतिक र ब्यबहारिकरुपवाट मापदण्ड बनाउन पर्दछ भन्दछन् । धार्मिक मान्यताहरु शरिर क्षणिक र नासवान छ भन्दै आात्मालाई बढि महत्व दिएको देखिन्छ । जुन अमर हुन्छ भनेको पाईन्छ । तर बिज्ञान पुर्नजन्म वा मृत्यु पश्च्यात आत्माको अबस्था सम्बन्धमा मौन देखिन्छ । अब आध्यात्मिक पक्षहरुलाई पनि हेरौं । हिन्दु धर्ममा पनि जन्म, मृत्यु, कर्म र कर्मफल सबै मानिस जन्मनु भन्दा अघि तय हुने र समय समाप्त भएपछि यमराजले लैजाने गर्दछन् भन्ने बिश्वास रहेको पाईन्छ । मानिसको पुर्नजन्म पनि यस धर्मले स्विकार गरेकोछ भने मानिसको कर्मफल अनुसार ८४ लाख प्रकृतीहरुमा क्रमस जन्म र मृत्यु हुन्छ भन्ने बिश्वास गरेको पाईन्छ । यदि बिगत र बर्तमान जिबनमा शुद्ध वा पुन्य कर्म गरेको छ भने मानिस जन्म र मृत्युको चक्रवाट मुक्त भएर भगवान संग रहन्छ भनेकोछ । हिन्दु धर्मग्रन्थहरुमा भगवान बिष्णु पनि आफ्नो कर्मका कारण युग युगमा पुनर्जन्म लिएर दु:खी प्राणीहरुको लालन, पालन र रक्षा गरेका छन् भनिएको पाईन्छ । त्यस्तै भगवानहरु, ऋषिमुनीहरु, राक्षसहरुको पनि पुनर्जन्म भएको, दलाईलामा र साईवावा मानिसकै रुपमा पुनर्जन्म भएको भनिएको छ । तर पुनर्जन्म भएकाहरुलाई भने अघिल्लो जन्ममा आफु को र कहा थिएं भन्नेमा चाहि संझना रहेको भने सिद्ध भएको छैन ।

    अर्को तर्फ हेर्दा मृत्यु पश्च्यात आत्मा अदृश्यरुपमा रहने र आबधिकरुपमा श्राद्ध, पुजा र संझना गर्दा खुसी भएर दिबंगत आत्माहरुले आफ्ना बांचेका परिवारहरुलाई आशिर्वाद दिने र रक्षा गर्दछन् भन्ने बिश्वास पनि छ । आफ्ना मृत्यु भएका आफन्तको परिवार जम्मा भएर संझना गर्नु पित्रृ प्रतिको आदर र सम्मान प्रकट गर्दा पारिवारिकरुपमा शान्ती र सद्भाव बृद्धि हुन्छ । तर आत्माले कहिले अर्को प्राणी रुप धारण गर्छ वा पुर्नजन्म लिन्छ, जन्म लिईसकेको आत्मा वा परमात्मामा मिलेको आत्मा र श्राद्ध कर्म बिचको सम्बन्धमा के हो भन्ने प्रष्ट ब्याख्या र एकरुपता भएको देखिदैन । धार्मिक मान्यता र परम्परागत बिश्वासका आधारमा भन्न पर्दा मानिसले आफ्नो सबै कर्म र फल जन्मदा खेरिनै लिएर आएको हुन्छ । उसको कहिले र कसरी मृत्यु हुन्छ भन्ने कुरा पनि जन्म पहिले नै भाबीले तय गरेको हुन्छ भन्ने बिश्वास रहेको पाईन्छ । त्यहि अबधि मात्र उसले यस ब्रमाण्डमा भोग गर्दछ । तर यो बिषय भने कुनै तथ्यमा आधारित भएर स्थापित भएका भने छैनन् । कृष्टियन बाईबलले भन्दछ शारिरिक शरिरको अन्त्य मृत्यु होईन , आत्मा कहिले पनि मर्दैन, यो त भगवानसंगै वा छुट्टै रहिरहन्छ । मानव जिबन दुख, चिन्ता र रोगले भरिएको हुन्छ तर मानव शरिर त्याग गरे पछि यि सब वाट मुक्त हुन्छ । मानिसहरुको मृत्यु पछि आात्मा लाई भगवानवाट अटुट प्रेम मिल्दछ भनेकोछ । कोहि भगवनसंग स्वर्गमा वा कोहि पुन दुख, अधेरो र शत्रुततामा गईरहन्छन् । त्यसपछि ति चिन्ताले आत्तिएका आत्मा भगवान तर्फ फर्कन्छ। त्यसैले आत्माको अन्तिम गन्तब्य भगवान समक्षको उपस्थिति नै हो भन्दछ ।

    ईस्लामको धर्मग्रन्थ कोरान अनुसार देबदुत आएर आत्मा लैजान आएपछि मानिसको मृत्यु हुन्छ । यदि मानिसले पापकर्म गरेकोछ भने उसको मृत्यु दुखद् हुन्छ र सत्कर्म गरेको छ भने मृत्यु वा आत्मा निस्कन सजिलो हुन्छ । मुसलमानहरु मृत शरिरलाई गाड्ने गर्दछन् । मृत शरिर गाडेपछि दुई देबदुत मुन्कर र नकिर आएर मृत आत्माको परिक्षण गर्दछन् र सतात्मालाई शान्ती र सुबिधा प्रदान गर्दछन् भने पापात्मालाई कष्ट दिएर सजाय दिन्छन् । जिबनलाई यस धर्मले भगवानको बरदान मान्दछ भने मृत्युलाई भय । यस धर्ममा आत्मा हत्या, बिरामी र अशक्तलाई मार्नु, र अन्यायपुर्ण तरिकावाट कसैलाई मार्नु बर्जित छ ।

    बौद्ध धर्मले मृत्यु र पुनर्जन्म सम्सारा हो यो धेरै लामो चेन हो भनेकोछ । मृत्य पश्चात शक्ती परिबर्तन हुन्छ । राम्रो कर्म गर्नेले राम्रो पुनर्जन्म पाउछ तर नराम्रो कर्म गर्नेले दुखी जिबन प्राप्त गर्दछ । तर पुनर्जन्म मानिस, जिब र राक्षस सबै हुन सक्दछ भन्ने बिश्वास रहेकोछ । अत्यन्त राम्रो कर्म गर्नेले जन्म मृत्यु भोग्न पर्दैन त्यसलाई निर्वाणा वा मोक्ष भनिएकोछ । धर्म परम्पराहरुले मृत्युलाई दुई प्रकारमा राखेको देखिन्छ । कालगति र भबितब्य । रोग ब्याधि र शारिरिक अशक्तताका कारणको मृत्युलाई कालगतिमा राखेको पाईन्छ भने भबितब्यमा दुर्घटना आदि । तर यो अशान्त समाजमा अर्को तेस्रो प्रकारको मृत्यु अपराधिक र द्बेशपुर्ण मृत्युहरु अल्प संख्या र बृहत संख्यामा हुने गरेको पाईन्छ । मृत्युका कारण हेर्दा बिश्व स्वास्थ्य संगठनको (सन् २०००-२०१६ प्रक्षेपणको आधार) २०१८ अनुसार मृत्युका दश कारणहरु छन् भन्दै तिनलाई मुख्यरुपमा मानिसको मृत्यु तिन समुहमा बिभाजन गरेकोछ । जसमा सबै भन्दा बढि १. नसर्ने रोगहरु (मुटुरोग, स्ट्रोक, रक्त संचार अबरोध, अलजाईमर र डिमेन्सिया, छातीको क्यन्सर, र डाईबिटिज), २. न्युट्रिसन, प्रसुती र सर्ने रोगहरु (छातीमा संक्रमण, डायरिया, क्षयरोग र पौष्टिक आहारको कमी ) र ३.दुर्घटनाहरु पर्दछन् । यि मध्ये बिश्वमा बढि नसर्ने रोगहरुवाट मृत्यु हुन्छ भने न्युन आय भएका देशहरुमा सर्ने रोग सहितको समुहमा बढि मृत्यु भएको बताएकोछ ।

    जो, जसरी मृत्यु भए पनि आफन्त र सत्कर्मवाट कमाएका ईष्टहरु दुखी हुन्छन् । आर्थिक र सामाजिकरुपमा आश्रित समाजमा त कसैको मृत्युले आश्रितको पनि जिबनमा ठुलो परिवर्तन ल्याईदिन्छ । तर स्वाबलम्बी समाजमा भने यसको प्रत्यक्ष प्रभाब कम हुन्छ । माया स्नेह अर्को बलियो साङ्लो हो जसले आफन्त वा आफुलाई कुनै कारणले मनपरेको मानिसको मृत्युमा दुखी र पिडित बनाउछ । मानिसको जिबन त एक बटुवाको जस्तै त हो । जिबन र परिवार वा आफन्त एक बटुवाले अरु बटुवालाई भेटे जस्तै, क्षण बिताए जस्तै, आफ्ना गन्तब्य वा पथ परिबर्तन पछि छुटिए जस्तै हो । त्यो बटुवाको भेटका क्षण लामो, छोटो, सुखमय र दुखमय सबै हुन सक्दछ । तर बटुवा आंफु त एक्लै हो । केहि मानिसहरु आफ्ना जिबनमा राम्रा कामहरु गरेका वा गर्ने अबसर पाएका हुन्छन् जसको मृत्यु भए पनि युग युग सम्म मानिसको संझनामा रहन्छन् । तर कोहि खराब काम गरेर अरुलाई दुख दिने काममा तल्लिन हुन्छन् । यस्ता मानिसहरु जिबितै भएपनि मानिसको ह्रदयमा पिडक र घृणित भएर रहन्छन् । बिज्ञानले हस्तक्षेप गर्न नसकेका धेरै प्राकृतिक पक्षहरुछन् । कति धर्म र मान्यता, पुर्वज, ऋषीमुनी र धार्मिक शास्त्रहरुले भनेका बिषयहरु बिज्ञानले क्रमस स्बिकार गर्दै आएकोछ भने कति बिषयहरु खुल्नै सकेका छैनन् । मृत्यु पश्च्यातको आत्मा र यसका गतिबिधिहरुको वारेमा बिज्ञान शुन्य छ । तर धर्म ग्रन्थहरुको तर्क केलाउदा प्राय सबै बहुसंख्यकले मानेका धर्महरुमा मृत्यु पश्चातको आत्मा, पुनर्जन्म, शान्ती, भगवानमा लिन आदिमा एकरुपता नै पाईन्छ । उहि वाटो मात्र अलिकति फरक जस्तो देखिन्छ । तर अन्य धर्महरुमा फरक हुन सक्दछ ।

    त्यसैले मृत्य सत्य हो जुन आत्माले पार्थिब शरिर छोडेपछिको अबस्था हो । यसको मापन जैबिक, नैतिक र ब्यवहारिकरुपमा हुन जरुरी छ । मानिसका आफु जिबित छदाका कर्महरुले आफ्नो जन्म, मृत्यु र जन्मान्तरलाई दिशा निर्देश गर्दछ । त्यसैले यसमा भय भन्दा मृत्य पश्चात आत्मालाई कसरी शार्थक र शान्ती पथमा लैजाने भन्ने सोच यहि जिबनमा बनाउन पर्दछ । सत्मार्ग र सत्कर्मवाटनै मानिसले यस जिबनमा शान्ती र जिबन सन्तुष्टि दुबै प्राप्त गर्दछ भने मृत्यु पछि उपल्लो स्तरको जिवन र आत्माको सर्बोत्तम गुण प्राप्त गर्न सहयोग गर्दछ ।

    आज छन्द दिवस मनाइदै
    मातातीर्थ औंशी विशेष: आमा (कविता)
    आज कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जयन्ती मनाइदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.