• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

भरतपुर ७ मा कृष्णपुर तेक्वान्दो डोजाङ र बीग डान्स स्टुडियो संचालनमा

  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मनोरञ्जन सहित आत्मरक्षा सिकाउनेगरी भरतपुर ७ कृष्णपुरमा ‘कृष्णपुर तेक्वान्दो डोजाङ तथा बीग डान्स स्टुडियो’ संचालनमा आएको छ । भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले आज उद्घाटन गर्दै स–सना वालवालिका देखि प्रतिस्पर्धामा रहने खेलाडीहरुले समेत निरन्तर अभ्यास गर्न सक्ने बताउनुभयो । बाहिर पर्याप्त संरचना नहुँदा तेक्वान्दो खेलमा अभ्यास गर्न अभाव भइरहेको र अहिले संचालनमा आएको ठाउँमा दक्ष प्रशिक्षकहरुले तालिम दिने बताउनुभयो ।

    निजी रुपमा संचालित भएपनि यसले समाजका महिला पुरुषलाई तेक्वान्दोमा लाग्न प्रेरित गर्ने र नृत्य समेत सिक्न पाइने भएकाले बहुमुखी प्रतिभाको प्रष्फुटन सँगै थप सीप सिक्ने अवसर मिल्ने बताउनुभयो । निजी रुपमा संचालनमा आएपनि यो समाजको चासो र महत्व रहने भएकाले आफ्ना वालवालिकालाई खेलप्रति रुचि जगाउन अभिभावकहरुलाई उहाँको आग्रह थियो । विशिष्ट अतिथि वडानम्वर ७ की वडा सदस्य रिता दर्जीले भरतपुर ७ मा खेलक्षेत्रको विकास राम्रो भएको बताउनुभयो ।

    अहिले संचालनमा आएको तेक्वान्दो डोजाङमा थप सीप हासिल गरेर राष्ट्रमा अवसर पाउने सम्भावना रहेको भन्दै अभिभावकहरुलाई वालवालिकाको इच्छा अनुसार खेलमा सहभागीता गराउन अनुरोध गर्नुभयो । २०५७÷०५८ मै थर्डडन ब्ल्याक बेल्टको सर्टिफिकेट प्राप्त गर्न सफल नीता श्रेष्ठ यो स्टुडियोको संचालिका हुनुहुन्छ । उहाँका अनुसार विहान डान्स सहितको जुम्बा कक्षा र बेलुकी पाँच बजेदेखि तेक्वान्दो कक्षा हुनेछ । गरिव परिवारका खेलप्रति इच्छुक महिला पुरुषलाई निःशुल्क समेत तालिम दिइरहेको भन्दै नाफा कमाउन नभई अझ बढी महिलाहरुलाई आत्मरक्षाको तालिम दिन कृष्णपुर तेक्वान्दो डोजाङ र बीग डान्स स्टुडियो जुम्बा हाउस संचालनमा ल्याएको बताउनुभयो ।

    मार्सल आर्ट सिकाइने उक्त स्टुडियो १२ धुर क्षेत्रफलमा करिव २४ लाखको लागतमा सुविधासम्पन्न छ । आफू समेत यसै खेलको खेलाडि भएको र यसैको माध्यमबाट सरकारी सेवामा समेत प्रवेश गर्ने अवसर पाएको बताउनुभयो । यो खेलले आत्मरक्षा र आत्मविश्वास बढाउन ठूलो मद्दत मिल्ने भएकाले आफ्ना बालवालिका पठाएर सहयोग गर्न उहाँको आह्वान छ । अझ बढी महिलाहरुलाई जोड दिएको र आत्मरक्षाको ज्ञान सिकेर आफूलाई सक्षम गराउन उहाँको आह्वान छ ।

    २०३९ सालमा जन्मिनुभएको श्रेष्ठलाई तेक्वान्दोमा लाग्न दुई जना दाई कृष्ण र भक्तवीर श्रेष्ठ र बुवाको राम्रो सहयोग रह्यो । तत्कालिन अवस्थामा मार्सल आर्ट खेलेका व्यक्तिहरुलाई माओवादीले लैजान्छ भन्ने डर र समाजले हेर्ने दृष्टिकोण नकरात्मक हुँदाहुँदैपनि तेक्वान्दोमा लाग्नुभएको थियो । अहिले त्यही सीप महिलाहरुलाई सिकाउन आतुर रहेको श्रेष्ठले बताउनुभयो । खेलको सीप लिएपछि मेडल जित्नैपर्छ भन्ने नरहेको र तेक्वान्दोले व्यक्ति आफूलाई सुरक्षित राख्न ठूलो मद्धत मिल्ने उहाँको भनाई छ ।

    संगीतको आनन्दमा सिकाइने भएकाले चाँडै र सजिलै सिक्न सकिने समेत उहाँको दावी छ । तेक्वान्दोमै लाग्ने हो भने भविष्यपनि राम्रो भएको भन्दै स्वस्थ र सुरक्षाका लागि यो खेल सिक्न आउन आग्रह गर्नुभयो । भर्ना हुन आउने वालवालिकाहरुलाई पोषाक सहित रु. २ हजार लिएर कक्षा प्रदान गरिएको श्रेष्ठले बताउनुभयो ।

    कृष्णपुर खेलमैदान नजिकै संचालनमा आएको उक्त स्टुडियो उद्घाटनका अवसरमा मार्सल आर्टका विभिन्न कला प्रस्तुत गरिएको थियो । कार्यक्रममा चितवन फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्की, राष्ट्रिय तेक्वान्दो संघ चितवनका कोषाध्यक्ष बालद गुरुङ, राष्ट्रिय तेक्वान्दो संघ गैँडाकोट नगर समितिका अध्यक्ष गोपाल परियार सहित अभिभावकहरुको सहभागीता रहेको थियो ।

     

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.