• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

रत्ननगरमा होमस्टे सहितको साँस्कृतिक ग्राम उद्घाटन

  •   सोमबार, चैत २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकाले वडा नं ९ मा निर्माण गरेको होम स्टे सहितको साँस्कृतिक ग्राम सोमबार उद्घाटन गरिएको छ । रत्ननगरको आर्थिक,सामाजिक तथा सांस्कृतिक विकासको लागि नगरपालिका र टिकौली मध्यवर्ती सामुदायिक वनको सयुक्त लगानीमा साँस्कृतिक ग्राम निर्माण गरिएको हो । सोमबार एक समारोहका बीच मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा संस्कृतिक ग्रामको उद्घाटन गरेका हुन । सो नगरपालिकाले सांस्कृतिक ग्रामको उद्घाटनसंगै सञ्चालनको लागि सामुदायिक वनलाई हस्तान्तरण गरेको छ ।

    सञ्चालनको लागि मेयर नारायण वन र वनका अध्यक्ष इश्वरी प्रसाद लामिछानेले सम्झौतापत्रका हस्ताक्षर समेत गरेका छन् । सामुदायिक वनसंग जोडिएको सार्वजनिक जग्गामा नगरपालिकाको १ करोड ६१ लाख र सामुदायिक वनको १४ लाख ५० हजारको लगानीमा विभिन्न जातजातीका सात वटा घर निर्माण गरिएको छ । होम स्टेका लागि चेपाङ,थारु,दराई,कुमाल,मुसहर,गुरुङ र तामाङको परम्परागत घर निर्माण गरिएको छ । होम स्टेमा १२ वटा रुम रहेको र ३७ जना पर्यटकलाई रात बस्न मिल्ने क्षमता रहेको छ ।

    भान्साकोठा,डाइनिङ हल,सभाहल समेत रहेको छ । पर्यटन प्रर्वद्धन गरी स्थानीय समुदायको आयआर्जनको लागि होम स्टे सहितको साँस्कृतिक ग्राम निर्माण गरिएको मेयर नारायण वनले बताए । स्थानीय आदिबासी जनजातीको पहिचान झल्किने,बहुभाषिक,बहु सांस्कृतिक, बहुजातीय विविधतायुक्त समाजको प्रतिनिधित्व हुने गरी होम स्टे सहितको इको पार्क निर्माण गरिएको हो । सौराहामा आएका पर्यटकलाई होम स्टेमा सेवा प्रदान गरी रत्ननगरलाई पर्यटन प्रर्बद्धनका हिसावले अब्बल बनाउने उद्देश्य रहेको मेयर वनले बताए ।

    सौराहालाई सिरानी हालेर रत्ननगरका अन्य ठाउँमा पर्यटन गतिविधि बढाउने योजना रहेको उनले बताए । सौराहामा आएका पर्यटकलाई साँस्कृतिक ग्राम,मणिखोला पार्क,धर्मधाम जिरौना सम्म लैजाने र पर्यटकको बसाइ लम्ब्याउने दीर्घकालिन योजना अनुुुुसार पर्यटकीय पार्क निर्माण गरिएको उनको भनाई छ । संस्कृतिग्रमबाट भएको आम्दानीको ४० प्रतिशत होम स्टेको स्तरोन्नती गर्ने,४० प्रतिशत सामुदायिक वनको विकास र २० प्रतिशत स्थानीय समुदायको आयआर्जनमा खर्च गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए ।

    कार्यक्रममा वनका अध्यक्ष लामिछानेले निकुञ्ज भित्रको चाँप कम गर्न स्थानीय सरकारसंगको सहकार्यमा पार्क निर्माण गरिएको बताए । निकुञ्ज आफैमा ठुलो पार्क हो उनले भने पर्यटकीय गतिविधिले निकुञ्जमा चाँप बढी छ,त्यसलाई घटाउन होम स्टे सहितको इको पार्क निर्माण गरिएको हो । कार्यक्रममा उपमेयर विमला दुवाडीले पर्यटन मार्फत स्थानीय समुदायको जीविकोपार्जनलाई सहज बनाउन होम स्टे सञ्चालनमा ल्याएको बताइन । परम्परागत संस्कृतिको प्रर्दशन तथा स्थानीय उत्पादनको खपतका हिसावले सांकृतिक ग्रामको उपयोग गर्नुपर्ने बताइन ।

    कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, वडा नं ९ का वडाध्यक्ष रोशन आचार्य,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, रेवान सौराहाका उपाध्यक्ष कपिल रेग्मी लगायतको सहभागिता रहेको थियो । सोही क्षेत्रमा इको पार्क निर्माणको लागि प्रदेश सरकारले १ करोड ४० लाख रुपैया लगानी गरेको छ । नगरपालिका,सामुदायिक वन र प्रदेश सरकारको सयुक्त लगानीमा होम स्टे सहितको इको पार्क निर्माणको भइरहेको नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.