• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ, अन्य पालिकामा तालमेल हुन्छ : चितवन कांग्रेस सभापति (अन्तर्वार्ता)

  •   सोमबार, चैत २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले आफ्नो दाबी गर्दै आएका छन्  । जिल्लामा चुनावी तालमेल गर्ने विषयमा चितवन कांग्रेसका सभापति राजेश्वर खनालको संयोजनमा सोमबार पहिलो पटक गठबन्धनको बैठक बसेको छ । बैठकमा भएको छलफल र कांग्रेसको अडानको विषयमा  गरेको  खनालसँग न्युज कारखानाका लागि कुलप्रसाद काफ्लेले गरेको  कुराकानी । 

    भरतपुर महानगरको मेयरको उमेदवारमा कांग्रेसको दाबी किन हो ?
    कुनै पनि वस्तु एक किलो पु¥याउन छ भने एक पाउ थप्न सजिलो हुन्छ तीन पाउ होइन । त्यो भनेको के भने कांग्रेसलाई माओवादीले मत हाल्दा जित्ने सम्भावना बढी छ । माओवादीलाई कांग्रेसले मत हाल्दा जित्ने सम्भावना कम छ । हामीसँग जम्मा मतको ८० प्रतिशत मत छ । उहाँहरुसँग २० प्रतिशत मात्रै छ ।
    पहिलाको पर्म पनि तिर्नु प¥यो नि । १० हजार मत भएको माओवादीलाई ४० हजार मत भएको कांग्रेसले मत हालिदिएर । अझ त्यतिले पनि नपुगेर च्यातचुत पारेर जितेको होइन ? त्यसकारण यसपालि महानगरको मेयरको उमेदवार कांग्रेसबाट हुनुपर्छ भनेका छौँ ।

    गठबन्धनको बैठकमा के–के कुरा भए ?
    जिल्लामा संयोजनका लागि मलाई नै संयोजक तोकेर परिपत्र आएको छ । त्यसकारण मैले नै संयोजन गरेर मेरै पार्टी कार्यालयमा गठबन्धनको बैठक राखे । मैले हाम्रो पार्टीका निर्णय उहाँहरुलाई सुनाएँ । मैले बैठकमा आउँदा आफ्नो पार्टीको निर्णयसहित आउँछु भनेको थिए । यहि हिसाबले हामी अगाडि बढ्ने मनसायमा छौँ । हामीसँग धेरै पदहरु छन् । सात पालिकामा प्रमुख र उपप्रमुखगर्दा १४ पद, ९८ वटा वडा छन् । जिल्ला समन्वय समिति छ । यसरी सबै तिर तालमेल गरेर अघि बढौँ भन्ने कुरा राखेँ । उहाँहरुले पनि ठिक छ कुरा राखौँ, छलफल गर्दै अगाडि बढौँ । नमिलेका कुरा मिलाउँदै जाऔँ भन्नुभयो ।

    भनेपछि महानगरको प्रमुख कांग्रेसले पाउनुपर्छ भनेर स्पष्ट रुपमा भन्नुभयो ?
    हाम्रो बटम लाइन नै यहि हो । आइतबार मात्रै मैले मेरो नेपाली कांग्रेसको जिल्ला कार्यसमिति बैठक सम्पन्न गरेँ । त्यो बैठकमा केन्द्रबाट गठबन्धनका दलबीच भएको सहमति अनुसार जुन परिपत्र आएको छ । त्यो परिपत्रका आधारमा जिल्लामा रहेका गठबन्धनका दलहरुबीच तालमेल गरेर अघि बढ्ने निर्णय ग¥यौँ । दोस्रो निर्णयमा नेपाली कांग्रेसको बटमलाइन के हो त भन्दा महानगरको मेयर पद नछाड्ने भन्ने थियो । त्यहि निर्णय अनुसार आज गठबन्धनको बैठकका उपस्थित भएको भनेर बताएँ ।

    महानगरको मेयरको उमेदवार छान्ने त केन्द्रबाटै हो । जिल्लाको निर्णय विपरित केन्द्रबाट अर्काे निर्णय भयो भने त मान्नुपर्ने होला नि ?
    मलाई के विश्वास छ भने मैले केन्द्रीय सभापतिलाई कन्भिन्स गराउँछु । यहाँ पाँच जना केन्द्रीय सदस्य हुनुहुन्छ । पाँच÷छ जना पूर्व सभापति हुनुहुन्छ, माननिय, पूर्वमाननियहरु हुनुहुन्छ । उहाँहरुको बीचमा म जिल्ला सभापति छु । शेरबहादुर देउवा हाम्रो नेता, हाम्रो सभापति हुनुहुन्छ । हामी सबैले हाम्रो सभापतिलाई कन्भिन्स गराउँछौँ ।

    भरतपुरको मेयरको उमेदवारमा कुरा मिलेन भने त गठबन्धन टुट्ने होला नि ?
    भरतपुरमा माओवादीलाई हामीले मेयर दिएनौँ भने गठबन्धन टुट्न सक्छ । चुनाव जित्यो भने त ठिक छ । हा¥यो भने पनि त फेरि गठबन्धन टुट्ने होला नि । त्यहि भएर यस्तो धराप गठबन्धन नगर्दा नै ठिक हुन्छ । एकल निर्वाचनमा जाऔँ । संगैबस्दा सम्बन्ध नराम्रो हुन्छ भने त फरक–फरक बस्दा नै ठिक हुन्छ नि ।

    एकल निर्वाचनमा जाँदा एमालेले जित्ने होला नि । तपाइहरु यसमा के देख्नुहुन्छ ?
    २०७४ मा पार्टीगत गठबन्धन थिएन । हो, हामीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई मतदान ग¥यौँ । तर त्यतिबेला संस्थागत गठबन्धन थिएन । व्यक्तिगत गठबन्धन थियो । माओवादीले हामीलाई कहाँ मत हाल्यो त ? वडामा हाम्रो आफ्नै खाले प्रतिस्पर्धा थियो । अन्य पालिकामा उहाँहरुसँगै हाम्रो प्रतिस्पर्धा थियो । कतिपय वडामा उहाँहरुसँग हामी हारेका पनि छौँ । त्यसकारण त्यतिबेला गठबन्धन थिएन केबल पुष्पकमल दाहालको छोरी भएको हुँदा नेपाली कांग्रेसले सत्ता समिकरणका बीचमा एकल सहयोग ग¥यौँ ।

    अघिल्लो चुनावमा कांग्रेसका उमेदवार दिनेश कोइरालाको उमेदवारी केन्द्रबाट फिर्ता लिइएको थियो । अहिले पनि त्यहि अवस्था आउन सक्ने सम्भावना कति छ ?
    यो के भने । एक पटक भइसकेको पनि भएकाले ‘अगुल्टोले हान्दा तर्सेको कुकुर विजुली चम्कदा पनि तर्सन्छ’ भने जस्तै हो । त्यतिखेर समय कम थियो, त्यसलाई व्यवस्थापन गर्न सकिएन होला । अहिले समय प्रशस्त छ । सबै कुराको जानकारी पनि छ । त्यस्तो हुँदैन । एमाले र माओवादीको गठबन्धन भए मात्रै एकल निर्वाचनमा कांग्रेसलाई गाह्रो हो ।

    निर्वाचनका बेला नेताहरुले जनतालाई असीमित सपना देखाउने र जितिसकेपछि न्युनतम कुराहरु पनि पुरा नगर्ने प्रवृत्ति छ । त्यसोभा हुनाले २०४८ मा हामिले जित्यौँ २०५१ मा हा¥यौँ । २०५६ मा जित्यौँ २०६४ मा हा¥यौँ । २०७० मा जित्यौँ २०७४ मा हा¥यौँ । अब २०७९ मा जित्ने पालो हाम्रो हो ।

    –महानगरको मेयर कांग्रेसले नै पाउनुपर्छ भनेर अडान चाँहि किन लिनुभएको हो ? 
    एउटा कुरा के बुझ्न जरुरी छ भने । हाम्रो छुट्टै पार्टी हो । हामिले छुट्टै मूल्यमान्यता राख्छौँ । एउटा  कार्यकालमा हामिले कार्यगत एकता गरेको होला । कार्यगत एकता गर्दै गर्दा त्यो बाटो सबैभन्दा पहिला उहाँहरुले छाड्नुभएको हो । हामिले होइन । त्यस कारण यसपटक उहाँहरुले हामिलाई पर्म तिर्नुपर्छ । गठबन्धन भनेको एक अर्कामा सहयोगको आदान प्रदान हो । आलोपालो हो । अहिले हामिले पाउनुपर्छ ।

    उहाँले पाँच वर्षमा गरेको कामको मूल्यांकन कांग्रेसले जुन हिसाबले गरेको छ । उहाँले गरेको कामबाट हामि सन्तुष्ट भएको भए त हामिले कतिपय कुरामा सहमति गर्न सक्थ्यौँ होला नि त । कार्यकर्तामाझ रुख चिह्न लिएर जान नसक्ने स्थिती पनि छ । त्यस्तो सिनारियो पनि बन्दै छ । त्यसकारण पनि यो हामिलाई महत्वपूर्ण छ । एउटा मान्छेलाई जनताले पाँच वर्षका लागि अवसर दिए । त्यहि मान्छेलाई पटक–पटक अवसर दिदैनौँ ।  कुलप्रसाद काफ्ले/न्युज कारखाना

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.