• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवनका दुग्ध सहकारीले मूल्यमा मनपरी गर्दा साना डेरी व्यवसायीहरु मारमा

  •   बुधबार, चैत २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका दुग्ध सहकारीहरुले मूल्यमा मनपरी गर्दा साना डेरी व्यवसायीहरु मर्कामा परेको बताएका छन् । सहकारीहरुले विक्रि गर्ने दूधको मूल्यमा एकरुपता नहुँदा उपभोक्ता समेत ठगिनु परेको र आफूहरु समेत समस्यामा परेको नेपाल साना डेरी व्यवसायी संघ भरतपुर चितवनले बताएको छ । संघले आज पत्रकार सम्मेलन गरी सहकारीले उद्योगलाई फ्याटको आधारमा विक्रि गर्ने र डेरीहरुलाई भने लिटरको आधारमा विक्रि गर्नेगरेको गुनासो गरेका हुन् ।

    संघका अध्यक्ष रामचन्द्र सेढाइले पटक पटक दुग्ध सहकारी संघमा कुरा राखेपनि सम्वोधन नभएपछि पत्रकार सम्मेलन गरेको बताउनुभयो । सरकारले तोकेको मूल्य प्रतिलिटर ८६ रुपैयाँ उपभोक्ताबाट लिनपाउने भएपनि सहकारीले व्यवसायीपिच्छे फरक फरक मूल्यमा विक्रि गर्दा एकरुपता ल्याउन नसकेको बताउनुभयो । त्यस्तै पछिल्लो समय दर्ता नगरी विना मापदण्डको दूध तथा दुग्धजन्य वस्तु छ्यापछ्याप्ती घुमाएर घर घरमानै पुर्याएर विक्रि वितरण भइरहेपनि प्रशासन मौन रहेको उहाँको भनाई थियो ।

    डुलाएर दूध बेच्ने व्यवसायीहरुको विक्रि केन्द्र निश्चित नहुँदा राज्यलाई आउने कर समेत गुमेको र गुणस्तर नभए कसलाइ सम्पर्क गर्ने भन्ने अन्यौलताको वातावरण भएकाले यसको व्यवस्थापनमा सरकारले ध्यान दिन सेढाइको आग्रह छ । सरकारी निकायमा दर्ता भएर संचालित डेरीहरुले दुधको गुणस्तरमा ध्यान दिएको बताउँदै डुलेर विक्रि गर्नेहरुले गुणस्तर कायम गरेनगरेको अनुगमन हुन नसकेको संघले जनाएको छ । संघका अध्यक्ष सेढाइले भन्नुभयो,“डेरीबाट लगेको दुधमा कैफियत भए सिधै गुनासो गर्न मिल्यो तर डुलेर विक्रि गर्नेहरुलाई कसरी गुनासो गर्ने ? प्रशासनले ध्यान दिओस् ।”

    संस्थाका सल्लाहकार लोकनाथ सापकोटाले सफा र स्वस्थ दूध खुवाउने लक्ष्य अनुसार संघ चलेको तर प्रभावकारी अनुगमन र डुलाएर विक्रि गर्नेहरुको व्यवस्थापनमा सम्वन्धीत सहकारी र प्रशानसको सक्रियता नहुँदा समस्या भएको बताउनुभयो । २०६८/०६९ मा दर्ता भएको संघमा अहिले १६५ डेरी व्यवसायीहरु आवद्ध छन् । विगतमा प्रति दिन करिव ८० हजार लिटर दुध कारोवार हुँदै आएकोमा अहिले ५० हजार लिटरमा झरेको र वाँकी ३० हजार लिटर अनाधिकृत तवरले बजारमा विक्रि वितरण भइरहेको संघले जनाएको छ ।

    कारोबार बढ्नु पर्नेमा घट्दै जानाले डेरी व्यवसायमा आश्रित परिवार प्रत्यक्ष मारमा हुने र अप्रत्यक्ष रूपमा डेरी व्यवसायीले खरिद गरी ल्याउने दुग्ध किसान र त्यसमा आश्रित परिवार समेत बेरोजगारमा परेको भन्दै तत्काल सुधार गर्न माग गरेका हुन् । चितवन जिल्लामा संचालित सहकारीहरुको हकमा हरेक सहकारीको फरक फरक दररेट कायम भएको हुँदा व्यवसायीहरु बिच अस्वस्थ प्रतिस्पर्धा हुन जाने र उपभोक्ताले स्वस्थ दूध उपभोग गर्न पाउने अधिकारमा पनि समस्या उत्पन्न हुन गएको संघले ठहर गरेको छ ।

    व्यवसायीहरु एकातिर राज्यलाई कर, घरभाडा, कर्मचारीको तलब दिन नसकेर मर्कामा छन् भने अर्कोतिर सहजरुपमा आफ्नो व्यवसाय गर्न नपाएर मर्कामा परेका छन् । सस्तोको नाममा घुमन्ते व्यवसायीको चपेटामा परेर डेरी व्यवसाय धरासयी बनिरहेको संघका अध्यक्ष सेढाइको भनाई थियो । पत्रकार सम्मेलन कार्यक्रम संघका सचिव चन्द्रप्रकाश अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.