• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवनमा सातौँ राष्ट्रिय कृषि गणनाका लागि छनौट भएका गणक र सुपरीवेक्षकलाई तालिम दिन सुरु

  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा सातौँ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक र सुपरीवेक्षकलाई तालिम दिन सुरु गरिएको छ । नारायणी बहुप्राविधिक शिक्षालय भरतपुरमा आजदेखि तालिम सुरु भएको जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । केन्द्रीय तथ्याङ्क विभागको तालिका अनुसार चैत १ गते जिल्लामा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर तयारी तीव्र पारेको कार्यालयले गणकका लागि ८ र सुपरीवेक्षकलाई ९ दिनसम्म तालिम दिनेछ ।

    तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले महत्पूर्ण भूमिका निर्वाह गर्न छनौट हुनुभएको भन्दै गणक र सुपरीवेक्षकलाई राम्रोसँग तालिम लिन र फिल्डमा सही तथ्याङ्क आउनेगरी काम गर्न आग्रह गर्नुभयो । ध्यान लगाएर तालिम लिन अनुरोध गर्दै भोलि फिल्डमा गएर तटस्थ र निष्पक्ष भएर काम गर्न उहाँको सुझाव थियो । निर्वाचनका कार्यक्रम समेत हुने भएकाले आफ्नो कार्य जिम्मेवारीपूर्वक गर्न आग्रह गर्दै हतारमा गरे सही तथ्याङ्क नआउनेतर्फ सवै सचेत हुनुपर्ने बताउनुभयो ।

    गणक तथा सुपरीवेक्षकको सुरक्षाका लागि स्थानीय प्रशासन सदैव तयार रहेका तामाङको भनाई थियो । साथै फिल्डमा गएर काम गर्नसक्नेगरी तालिम दिन प्रशिक्षकहरुलाई उहाँको निर्देशन थियो । विस २०१८ सालदेखि हरेक १०÷१० वर्षमा कृषि गणना गरिन्छ । संघीयतापछिको यो पहिलो गणना हो । कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नारा सहित संघीयतापछिको पहिलो कृषि गणना गर्न गणक र सुपरीवेक्षक वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म फिल्डमा खटिनेछन् । चितवन जिल्लामा हालसम्म प्राप्त दरवन्दी अनुसार १६ जना सुपरीवेक्षक र ६४ जना गणक गरी कुल ८० जनालाई सो तालिम विभिन्न कक्षमा बाँडेर प्रदान गरिएको भण्डारीले बताउनुभयो ।

    केन्द्रीय तथ्याक विभागले वैज्ञानिक विधिबाट छनौट गरे अनुसार चितवनमा १७९ वटा गणना क्षेत्र कायम गरिएको छ । एउटा गणकले ३ वटा गणनाक्षेत्र हेर्नुपर्छ भने एक जना सुपरीवेक्षकले ४ जना गणकको कार्यलाई सुपरीवेक्षण गर्नुपर्नेछ । फिल्डमा जाने गणकले राष्ट्रिय कृषि गणना २०७८ अन्तर्गत लगत १, लगत २ र सुपरीवेक्षकले लगत ३ गरी तीन प्रकारका प्रश्नावली भनुपर्ने छ । लगत १ मा गणकहरुले तोकिएको गणना क्षेत्रका सवै घरपरीवारको सुचीकरण गर्नेछन् र सूचीकरण पश्चात नमुना छनौट विधिबाट एउटा गणना क्षेत्रमा औषतमा २० देखि ३० जना कृषक परिवारहरुको मात्रै विस्तृत विवरण लिएर लगत २ मा रहेको मुख्य प्रश्नावली भरिनेछ र लगत ३ मा सामुदायिक प्रश्नावलीहरु भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले बताउनुभयो ।

    सोही प्रश्नावली भर्न सहित विविध जानकारी तालिममा दिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपाने, भरतपुर शिक्षालय प्रमुख सरिता रेग्मी, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशिल केसी,प्रशिक्षक रुद्र अधिकारी लगायतको उपस्थिती थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.