गैँडाकोट । ईलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको सरुवा भएको । उहाँको ठाउँमा प्रशान्त श्रेष्ठलाई जिम्मेवारी दिएर पठाइएको छ । चुनाव आउन एक महिना केही दिनमात्रै बाँकी हुँदा ठूलो संख्यामा देशभर प्रहरीको सरुवा गरिएको छ ।
सोही अनुसार गैँडाकोट प्रहरी प्रमुखकको पनि सरुवा भएको हो । केन्द्रीय प्रहरी विशेष कार्यदल गुल्मनं १ नक्साल काठमाण्डौमा कार्यरत श्रेष्ठलाई गैँडाकोटमा सरुवा गरिएको छ । खनालको महानगरी प्रहरी परिसर भक्तपुरमा सरुवा भएको हो । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागको कर्मचारी प्रशासनले चैत २४ गते प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।
प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार ६७३ जनाको सरुवा गरिएको छ । विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।








