चितवन । नेपाली कांग्रेस भरतपुर महानगर कार्य सम्पादन समिति सदस्य सुमित पराजुलीले भरतपुरकाे मेयरमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने बताउनु भएकाे छ। स्थानीय चुनाव २०७९ आउन एक महिना केही दिन बांकी हुंदा पराजुलीले सामाजिक संञ्जालमा स्टाटस लेखेर गठबन्धनबाट कांग्रेसले चितवनकाे मेयर पाउनुपर्ने र अन्य दलबाट भए मान्न नसकिने धमरणा राख्नुभएकाे हाे ।
आफ्नो सामाजिक संजालमा लेख्नुभएकाे छ, “नेतृत्वले यति बुझ्दा हुन्छ चितवन काग्रेसीले कुनैपनि हालतमा मेयरमा काग्रेस बाहेक अरूलाई भोट हाल्दैनन्। गठबन्धन मान्दैनौं भनेर आफूहरुले नभनेकाे तर भरतपुर महानगरको मेयरमा कुनै पनि हालतमा पछी हट्दैनौ यो हाम्रो अन्तिम निर्णय हो । यो कुरा केन्द्रीय तहमा रहनुभएका नेतृत्वले बुझ्न जरूरी छ । ” पत्रकारसँग कुरा गर्दै पराजुलीले भन्नुभयाे,”बारम्बार प्रचण्ड र रेणु जीलाई जिताउने ठेक्का कांग्रेसले लिएको छैन।
अघिल्लो पटक कांग्रेसले लगाएको गुन यो पटक माओवादीले तिर्नुपर्दैन? यदि यो पटक माओवादीले नि:स्वार्थ भावले काग्रेसलाई मेयरमा समर्थन नगरे र कांग्रेस नेतृत्वले हसिया हथौडा मा भोट हाल्न निर्णय गरे चितवन काग्रेस बिद्रोहमा उत्रिन्छ ।” चितवनमा काग्रेसको संगठन बलियो बनाएको अरुलाई भोट हाल्न नभएको भन्दै भरतपुर महानगरको मेयरमा कांग्रेस बाहेक अरु नमान्ने भन्दै यो अन्तिम निर्णय समेत रहेकाे उहाँको भनाइ छ ।
चितवनको मेयर कांग्रेसले पाउनुपर्ने माग राख्दै चितवनका नेताहरु केन्द्रमा पुगेका छन् ।








