फाईल फोटो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अहिलेको विवाद व्यक्ति परिवर्तनमा केन्द्रित रहेको बताएका छन् । अध्यक्ष थापाले शनिबार सामाजिक सञ्जालमा टुईट गर्दै नेकपाको विवादलाई व्यक्तिगत विवादको रुपमा चित्रण गरेका छन् । उनले भनेका छन्,’सत्तारुढ दल नेकपाको विवाद नीति/पद्दति/प्रणालीवारे होईन,नितान्त व्यक्तिगत/व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ। अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुंदैन।’ यसैगरि अध्यक्ष थापाले भनेका छन्,’सक्नुहुन्छ भने १२ बुंदे सम्झौता पछिको मार्गचित्र परिवर्तन गर्ने आंट गर्नोस्। होइन भने जनादेश अनुसार ५ बर्ष मिलेर काम गर्नोस् ।’









