चितवन । नेकपा एस ले भरतपुर –२ को वार्ड अघ्यक्षमा युवा नेता सुरज तिवारीलाई सिफारिस गरेको छ। नेकपा एसको युवा ईन्चार्ज समेत रहेका तिवारी लामो ईतिहास भएका वामपन्थी नेता हुन ।
तिवारी चितवनको हरेक आन्दोलनमा अग्र मोर्चामा रहेर काम गर्ने जुझारु नेता मानिन्छन् । साथै भरतपुर- २ पनि कम्युनिष्टहरुको पारम्पारिक गढ भएको क्षेत्र मानिन्छ । यो क्षेत्रमा सामाजिक कार्य तथा आम सर्वसाधारणका हरेक समस्यामा अग्रभाग खटिने तिवारी निकै लोकप्रिय नेता मानिन्छन् । जसकारण एमाले बाट फुटेर बनेको नेकपा एसबाट उमेद्वारी दिएका तिवारी आफ्नो जित सुनिश्चित रहेको बताउछन् ।
उनले आफ्नो क्षेत्रका सर्वसाधारणका आवश्यकता महसुस गरिरहेकोले ती आवश्यकता परिपुर्ति नै आफ्नो पहिलो प्राथमिकता रहने प्रतिबद्धता जाहेर समेत गरेका छन








