चितवन । राप्रपा नेपाल चितवनको भरतपुर १० स्थित सम्पन्न वडा भेलाले कल्पना थापाको संयोजकत्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ । आज सम्पन्न वडा भेलाले थापाको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण चन्द्र घिमिरे, सचिवमा राम कृष्ण श्रेष्ठ, सहसचिवमा नारायण महत्तो र कोषाध्यक्षमा कृष्ण थापा चयन हुनुभएको छ ।
त्यसैगरी समितिको अन्य सदस्यहरुमा जुनमाया राना मगर, कमला कँडेल, गिता पौडेल, संगिता राना मगर अञ्जली थापा र राम थापा रहनुभएको छ । उक्त भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रिय सहमहामन्त्री सुनील कुमार क्षेत्रीले चुनावका लागी आफ्नो पार्टीको तालमेल राम्रो पक्षसंग भएकोमा खुशी व्यक्त गर्दै यो पटकको निर्वाचनमा आफुहरुले चुनाव जित्नेमा समेत विश्वास व्यक्त गनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष विष्णु खराल विशिष्ठ अतिथि रहनुभएको उक्त कार्यक्रममा पार्टीका वरिष्ठ जिल्ला उपाध्यक्ष प्रेम प्रसाद गैरे, जिल्ला उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई, महिला जिल्ला उपाध्यक्ष चन्द्रकला खरेल न्यौपाने, जिल्ला सचिव बलराम आचार्य, जिल्ला प्रवक्ता शंकर निर्देश, जिल्ला सहसचिव चिरञ्जीवी न्यौपाने लगायतको सहभागीता रहेको थिया ।
उक्त कार्यक्रम राप्रपा नेपाल भरतपुर नगर अध्यक्ष लक्ष्मण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।









