• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

एएफयुमा ९६ जना उपप्राध्यापकको पदास्थापना

  •   शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ९६ जना उपप्राध्यापकको पदास्थापन गरिएको छ । विश्वविद्यालयको सेवा आयोगको परीक्षामा सहभागी भएर सफल भएका उपप्राध्यापकहरुलाई विश्वविद्यालयको संकाय र आंगिक कलेजमा पदास्थापना गरिएको विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले जानकारी दिईन् । नव नियुक्त उपप्राध्यापकहरु मध्ये ४२ जनालाई विश्वविद्यालयको कृषि संकाय, वन संकाय र पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा पदास्थापना गरिएको छ ।

    ५४ जना उपप्राध्यापक विश्वविद्यालयका ९ वटा आंगिक कलेजहरुमा पदास्थापन भएका छन् । नव नियुक्त उपप्राध्यापकहरुको क्षमता अभिवृद्धिका लागि ‘इन्सट्रक्सनल पेडागोजी एण्ड इभालुयसन’ सम्बन्धी तालिम दिईएको छ । चैत अन्तिम साता र बैशाखको पहिलो साता गरी दुई चरणमा पाँच दिने तालिम आयोजना गरिएको विश्वविद्यालयको निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले बताए । तालिममा डा. काशिराज पाण्डे, डा. स्मृतिकला पन्त, डा. सचिन घिमिरे प्रा. डा. भुमिनन्द देवकोटा, प्रा.डा. सुनिला राई, प्रा.डा. अर्जुन कुमार श्रेष्ठ, डा. सुविर सिंह, डा. शिवचन्द्र ढकाल, डा. सुन्दर तिवारी लगायतले प्रशिक्षण दिएका थिए ।

    ‘विश्वविद्यालय स्थापना भैसकेपछि यति ठूलो संख्यामा शिक्षकहरु स्थायी नियुक्ती लिएको पहिलो पटक हो’ रजिष्ट्रार प्रा.डा. थपलियाले भनिन्, ‘विश्वविद्यालयको सिस्टम के छ, कसरी पठनपाठन गराउने, मूल्यांकन कसरी गर्ने, परीक्षा सञ्चालन, अनुसन्धानका विषयमा ज्ञान दिएर पठाएका छौं ।’ तालिम लिएर जाँदा सुरुदेखी नै आफ्नो जिम्मेवारीमा दक्ष हुने र कार्यसम्पादन गर्न उपयोगी हुने उनको विश्वास छ । विषयगत तालिमहरु पनि अत्यन्त उपयोगी भएकोले कार्यगत सफलता प्राप्त गर्न सहयोगी हुने उनी बताउँछिन् ।

    ३ असार २०६७ मा ऐन बनाएर नेपाल सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई मान्यता दिएको थियो । त्रिभुवन विश्वविद्यालय (टियू)को आंगिक क्याम्पसको रुपमा चितवनमा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर कृषि क्याम्पस र मकवानपुर जिल्लामा सञ्चालित हेटौँडा वन क्याम्पसलाई समावेश गरेर विश्वविद्यालय स्थापना गरिएको हो ।

    कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र रामपुर कृषि क्याम्पस रहेको परिसरमा विश्वविद्यालय स्थापना गरिएको हो । विश्वविद्यालयले ०६९ बाट अध्यापनका कार्यक्रम सुरु गरेको थियो । विश्वविद्यालयले ३ संकाय र कास्की, धनकुटा, सिन्धुली, कैलाली, महोत्तरी, बाँके, रोल्पा, उदयपुर र दैलेखमा आंगिक कलेज स्थापना गरेर पठनपाठन सञ्चालन गर्दै आएको छ ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.