चितवन । चितवनको भरतपुरमा कम्तिमा २ घण्टा विद्युत आपूर्ति अबरुद्ध हुने भएको छ।
विद्युत प्राधिकरण भरतपुरले जनाए अनुसार हेटौंडा बाट भरतपुर सबस्टेसन को १३२ केभि बसबार मर्मत गर्नका लागि सनिवार बिहान ८ बजे देखि १० बजे सम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।
भरतपुर सबस्टेशनबाट वितरण हुने ११ केभिए अन्तर्गत भरतपुरका २,३,४,५,७ र १० नम्बर वडामा विद्युत जाने छ। मर्मत कार्य गर्न समय लागेमा १० बजे पछि पनि विद्युत अबरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ।








