चितवन। नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको उपमेयररमा चित्रसेन अधिकारीलाई उठाउने भएको छ । भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेको कांग्रेसले उपमेयरमा अधिकारीलाई उठाउने भएको हो ।
उपमेयरमा उठ्न उनले शुक्रबार मात्रै भरतपुर २१ को वडाध्यक्षबाट राजीनामा दिएका थिए ।
अधिकारी कांग्रेस भरतपुरका सभापति हुन् । कांग्रेसबाट उमपेयरमा अधिकारीसहित २५ जनाले आकांक्षा देखाएका थिए ।








