• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ८. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

इच्छाकामनामा गठबन्धन अझै अलमलमा : एमालेको चुनावी अभियान तीब्र

  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुरिनटार । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामनामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेले चुनावी अभियानलाई तीब्र पारेको छ । उपाध्यक्षको उम्मेद्वार टुंगो नलागे पनि अध्यक्षको उम्मेद्वारीका लागि सर्वसम्मत दान बहादुर गुरुङलाई चयन गरेको एमालेले चुनावी अभियानलाई तीब्र पारेको हो ।
    घरदैलो कार्यक्रम समेत सुरु गर्नुभएका एमालेका उम्मेद्वार गुरुङले घोषणापत्रका लागि विभिन्न विषयमा विज्ञ र स्थानीयहरुबाट सुझाव संकल कार्य समेत गरिरहनुभएको छ ।

    सत्तारुढ गठबन्धन अझै अलमलमा
    यसैबिच सत्तारुढ गठबन्धन भने अझै अलमलमा छ । जिल्लाको निर्णयप्रति कांग्रेसले असहमती जनाएको छ । काँग्रेसले अध्यक्षसहित ४, ५, ६ र ७ र माओवादी केन्द्रले उपाध्यक्षसहित १, २ र ३ नम्बर वडाको अध्यक्षमा उमेद्वारी दिने गरि सहमती जुटेको छ । तर कांग्रेस इच्छाकामनाले माओवादीलाई उपाध्यक्ष सहित ३ वटा वडा दिने निर्णयकोे विरोध जनाएको छ । कांग्रेस र माओबादी केन्द्र दुबै दलले आफ्नो उम्मेद्वार केही वडामा मात्र टुंगो लगाउन सकेको छ । अध्यक्ष उपाध्यक्ष र बाँकी वडाको उम्मेद्वार टुंगो लगाउन नसक्दा दुबै दलले चुनावी अभियानको सुरु गर्न सकेको छैन ।
    गठबन्धनका कारण अलमलमा परेका कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुमा निर्वाचनको कुनै उत्साह छाएको छैन ।

    स्वार्थका लागि बनेको गठबन्धनप्रति चिन्ता लिनुपर्दैन, अत्याधिक बहुमतले चुनाव जित्छौँ :  गुरुङ
    यसैबिच  नेकपा एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष उम्मेद्वार दान बहादुर गुरुङले  विकासका लागि भन्दा पनि स्वार्थका लागि बनेको गठबन्धनको नेकपा एमालेले कुनै चिन्ता नलिएको बताउनुभयो । आफ्नो उम्मेद्वारीको विषयमा सुझाव संकलन गर्न आज कुरिनटारमा गरिएको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उहाँले विकासका लागि नभई स्वार्थका लागि बनेको गठबन्धन भएकाले चिन्ता नरहेको बताउनुभएको हो ।  जनताको लागि राम्रो काम गर्छु भन्ने नेकपा एमालेलाई बाटो छेक्नका लागि गठबन्धन भएकोले चिन्ता नलिन  गुरुङको भनाईछ ।
    ‘हामी जनताका लागि राम्रो काम गर्छौ भनेर आएका हौ यसैले हामीलाई रोक्न छेक्नका लागि गठबन्धन भएको हो’ –उहाँले भन्नुभयो ‘गठबन्धनको सन्दर्भमा हामीले चिन्ता लिनु पर्दैन जनताले हामीलाई रुचाउनेछन् र भोट हाल्नेछन’।

    विपक्षीले निर्वाचनमा आफु सत्तामा टिकिराख्नका लागि जनतासँग जान डराएर गठबन्धन गरेको भन्दै यस्ता गठबन्धनले कार्यकर्ता र जनता कोही खुशी नभएको उहाँले बताउनुभयो । यसैले पनि यसपटकको निर्वाचनमा एमाले र एमालेका उम्मेद्वारलाई अत्याधिक बहुमतका साथ जनताले जिताउने उहाँको दाबी छ ।

    उहाँले ईच्छाकामनाका विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको बताउनुभयो। शासक नभएर सेवक हुने प्रण गरेका गुरुङले शिक्षालाई सिपमा परिवर्तन गरे मात्र समग्र ईच्छाकामनाको विकास हुने बताउनुभयो ।

    प्रेस चौतारी चितवन शाखाको आयोजनामा “ईच्छाकामना विकास र समृद्धिः नागरिक अपेक्षा” विषयक अन्तरक्रिया अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भएको थियो ।

    कार्यक्रममा एमाले बागमती प्रदेश कमिटिका सदस्य नारायण अधिकारी, प्रकाश अधिकारी, चन्द्रमणि सापकोटा, एमाले प्रचार प्रसार विभाग चितवनका प्रमुख रविकिरण पौडेल, एमाले ईच्छाकामना पार्टी कमिटीका अध्यक्ष कृष्णप्रसाद सिलवाल लगायत पत्रकार एवं सरोकारवाला उपस्थित रहनुभएको थियो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.