चितवन । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति चितवनको आज सम्पन्न पुर्ण बैठकले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नुहुने पार्टीका सबैलाई मुलप्रबाहमा समाबेश हुन आग्रह गरेको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाडको प्रमुख उपस्थिमा सम्पन्न पुर्ण बैठकले नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्य देखि पार्टीका बिशिस्ट तहसम्म रहेका ब्यक्तिहरुलाइ अबिलम्ब पार्टीको मुलधारमा समाबेश हुन समेत आग्रह गरिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए ।
जो आसन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र अर्थात रुख चिन्ह भन्दा बाहिरबाट उम्मेदवारी दर्ता गर्नु भएको छ वहाँहरु सबैलाई त्यहाँ बाट फिर्ता भएर पार्टीको मुल प्रबाहमा समाबेश हुनका लागी आग्रह गरिन्छ खनालले भने । बैठक नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।








