• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

अनुभवी बिमलाको योजना: समतामुलक समाजको निर्माण गरी नगरको विकास

  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । यस निर्वाचनमा महिलाहरुलाई उम्मेदवार बनाएर अवसर दिनेमा नेकपा एमाले पहिलो पार्टी भएको छ । एमालेबाट यस्तै उम्मेदवारको अवसर पाउने महिला हुन्, कालिकाकी बिमला तामाङ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि चितवनको कालिका नगरपालिकाको उपमेयरमा बिमलाले उम्मेदवारी दिएकी छन् ।

    अहिले घरदैलो र आफ्नो चुनावी सभामा व्यस्त बिमलाको योजना आफ्नो नगरमा समतामूलक समाजको निर्माण गरी नगरको विकास गर्नु रहेको छ । बागमती प्रदेश चितवन जिल्लाको पूर्वी उत्तर भागमा अवस्थित यस नगरपालिका साविकका चार गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ २०७४ जेष्ठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकामा ११ वटा वडा छन् । पहाडी भूभाग वडा नं १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको छ ।

    यस नगरपालिकाको अन्य समथर भुभागहरु शहरीकरणतर्फ उन्मुख हुन थालेका छन् । यसैले पनि जनजाती समुदायकी र त्यसमाथि बिमलाकोउम्मेदवारीले कालिकामा उत्साह थपिदिएको छ । बिमलासँग कालिका नगरपालिकामा रहेर विभिन्न संघसंस्थाहरु सफलता पूर्वक हाँकेको अनुभव छ । योग्य र प्रभाव राख्न सक्ने उम्मेद्वारका रुपमा उनलाई लिईन्छ । मिसन र भिजन दुवै भएकी बिमला विशेष गरेर कालिकाका आम महिला दिदी बहिनीहरु माझमा परिचित छन् ।

    महिलाहरुको क्षमता विकास, न्याय र महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन सहकारी मार्फत उनले खेलेको भूमिका अतुलनिय छ । २०३५ साल मंसिर १५ गते तत्कालिन शक्तिखोर गाविसको जुटपानीमा बुवा टेक बहादुर तामाङ्ग र आमा आईतीमाया तामाङ्गको कोखबाट जन्म भएको हो, बिमला तामाङ्गको । सानैबाट निडर र हक्की स्वभावकी बिमलामा केही गर्नुपर्छ भन्ने सोँच आउने गर्दथ्यो । उनी बाल्यकाल सम्झदै भन्छिन्, ‘विभिन्न आरोह र अवरोहका बीचमा बाल्यकाल र युवा अवस्था बित्यो ।

    सधै नेकपा एमालेलाई संकटमा सतिसाल भएर उभिएँ । आज पार्टीले उपमेयरको लागि मैदानमा खडा गर्दैगर्दा जनताको माझमा गएर प्रत्यक्ष सेवा गर्नेअवसर पाउँछु भन्नेमा पूर्ण विश्वस्त छु ।’ बिमला भन्छिन्, ‘तामाङ्ग समुदाय आफैमा पछाडि परेको समुदाय हो । तर म भने बच्चाबाट नै निडर थिएँ । माईतमा आमा बुवाको साथ पाएँभने विवाह पश्चात श्रीमानले साना–साना नानीबाबु रेखदेख गरेर बस्ने र म बाहिर हिड्ने वातावरण बन्यो । मलाई घर परिवारबाट सधै साथ सहयोग रहेको छ ।

    यसैले पनि आफ्नो अभियानमा हिँड्न मलाई सजिलो भएको हो ।’ माओवादी जनयुद्धको समयमा होस् वा २०६२÷६३ को जनआन्दोजनको समयमा हरेक परिस्थितिहरुलाई दृढ आत्मविश्वासका साथ मुकाविला गरेर उनी अगाडि बढिरहेकी छन् । बिमला घरमा साना लालाबालालाई छोडेर महिला दिदीबहिनीहरुको हक हितमा तल्लिन हुन्छिन् । आफ्नो विगत सम्झदै उनले भनिन्, ‘पारालिगल कमिटी शक्तिखोरको अध्यक्ष हुँदा कैयाँैहिंसामा परेका महिलाहरुलाई न्याय दिन सफल भएँ ।

    अन्तरजातीय विवाह गरेका जोडीहरुलाई प्रोत्साहन गरियो । अहिले पनि उनीहरु खुसी देख्दा त्यसै मन खुसी भएर आउँछ । उतिबेला माओवादीको घर घरमा दादागिरी र ज्यादती हुन्थ्यो, कहिले एक्लै त कहिले सामुहिक रुपमा प्रतिकार गर्न गईन्थ्यो ।’ नेकपा एमाले कालिका नगरपालिकाको सह–ईन्चार्ज बिमलासँग पार्टीको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । त्यसैगरी उनले विभिन्न संघसंस्थाहरु हाँकेर महिलाहरुले पनि गर्न सक्छन् भन्ने उदाहरण पेश गरेकी छन् । नेकपा एमालेको वडा कमिटी, नगर कमिटी, क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटीसम्म पुगेकी बिमलाले अनेमसंघमा रहेर दिदीबहिनीहरुसँग सामुहिक रुपमा काम गरेकी छन् ।

    उनी भन्छिन्, ‘महिलाको मुद्धाले छोईहाल्छ । कोही अन्यायमा परेको देख्न सक्दिन । न्यायको लागि अझैपनि ज्यान दिन पनि तयार छु ।’ उनी अहिले अखिल नेपाल महिला संघको जिल्ला सचिवाय सदस्य हुन् । त्यसैगरी बागमती प्रदेशको दुग्ध बिकास वोर्डको सदस्य, जुटपानी सामुदायिक वनको सह–सचिव भएर काम गरेको अनुभव उनीसँग छ । महिलालाई न्यायका साथसाथै आर्थिक रुपमा बलियो बनाउन पनि उनको महत्वपूर्ण भूमिका रहेको छ । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष बिमला शक्तिखोरमा रहेका दिदी बहिनीहरुलाई समुहमा राख्दै थोरै भएपनि बचत गर्ने बानिको बिकास गराउन सफल भएकी छन् ।

    बिमलाले शुरु गरेको त्यही सानो समुह अहिले प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी मार्फत अगाडि बढेको छ । महिलाहरुले आफुलाई आवश्यक पर्ने ऋण लिने र बचत गर्ने बानिको बिकास गराउन उनी महिनामा एक दिन समूह–समूहमा दिदीबहिनीहरुलाई भेला गराएर बचत गराउदै आएकी छन् । करिब सात सय दिदी बहिनीहरुलाई प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी शक्तिखोर सेवा केन्द्रमा आवद्ध गराउदै आर्थिक रुपमा बलियो बनाउन उनको महत्वपूर्ण भूमिका रहेको छ ।

    उनी समूहमा महिलाहरु भेला गराएर उनीहरुको दुःख सुख सुन्दै आर्थिक र निर्णय क्षेत्रमा महिला सहभागिता गराउन तल्लीन हुन्छिन् । उपमेयरको उम्मेद्धवार हुदै गर्दा उनको मुख्य एजेन्डा ‘सबैलाई सबै ठाउँमा समान सहभागिता र अवसर’ भन्ने रहेको छ । हरेक क्षेत्रमा महिला पुरुष साथ साथ रहनका लागि महिलाहरुको निर्णायक क्षमता बढाउने उनको पहिलो प्राथमिकतामा परेको छ । महिलाहरुको आवाज बुलन्द पार्न कुनै कमी नराख्ने उनी बताउँछिन् ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.