चितवन । नेपाल टे«ड युनियन काँग्रेसले “दिगो बिकासका लागि मर्यादित रोजगारी, सुदृढ लोकतन्त्र र सम्बृद्धि हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ आज देर्शैभरी बिबिध कार्यक्रम गरी अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको हो । नेपाल टे«ड युनियन काँग्रेस जिल्ला शाखा चितवनले मजदुर दिवसका अवसरमा रत्ननगर नगरपालिकामा एक अन्तरक्रिया कार्यक्रम गरी उक्त दिवस मनाएको हो ।
रत्ननगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस चितवनका उपसभापति राजिब न्यौपानेले लोकतन्त्रमा मात्रै मजदुरका हक अधिकार स्थापना गर्न सकिने बताए । उनले बिकास र सम्बृद्धिले लोकतन्त्रलाई स्थायित्व प्रदान गर्ने बताउदै श्रमजिबीहरु सधै चनाखो हुनुपर्ने बताए । लोकतन्त्रको स्थायित्व र उन्नयनका लागि बैशाख ३० गते हुने निर्वाचनमा सक्रियताका साथ लाग्न पनि आग्रह गरेका थिए । कार्यक्रममा मजदुर नेताहरुले परिवर्तनका साझेदार श्रमजिबीहरुलाई राजनितिक दलहरुले सधै हतियार मात्र बनाएको गुनासो गरेका थिए । उनीहरुले राजनितिकदलहरुले निर्वाचन अगाडी गरेको बाचा बारम्बार भुलेको समेत आरोप लगाएका थिए ।
कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका केन्द्रिय सदस्य लक्ष्मण भट्टराई, नेपाल टे«ड युनियन काँग्रेस बागमति प्रदेश अध्यक्ष धनश्याम चापागाई, बागमति प्रदेश सदस्य हरिमाया प्रधान, नेपाल टे«ड युनियन काँग्रेसका उपाध्यक्ष पूर्णप्रसाद शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सो कार्यक्रम नेपाल टे«ड युनियन काँग्रेस जिल्ला शाखा चितवनका अध्यक्ष हरिहर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मे १ तारिखको दिन संसारका धेरै देशमा श्रमिक दिवस मनाईन्छ । नेपालमा बिराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलन सँगै यो दिवस मनाउन थालिएको हो । सन् १९६३ देखि औपचारिक रुपमा यो दिवस मनाउदै आईरहेको छ ।








