चितवन । उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि चुनावी अभियानलाई तिब्र बनाएको छ ।छाेटाे समयमा जनताका मुद्दालाइ उठान गर्न सफल यस पार्टीले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा घरदैलो अभियानलाई तिब्रता दिएको हो।
प्रचण्डको वडा समेत रहेकाले सो वडामा बिशेष केन्द्रित भएर घरदैलो कार्यक्रम गरिएको पार्टीका सचिब हरि प्रसाद न्यौपानले बताए । पार्टीबाट महानगर प्रमुखमा उम्मेदवारी दिएका दिपेन्द्र बास्तोला र वडा नम्बर १४ का अध्यक्ष पदका उमेदवार कृष्ण प्रसाद अधिकारी
सहितको टोलीलले घरदैलो कार्यक्रम गरेको हो । घरदैलोका क्रममा स्थानीयले सुकुम्बासी समसया समाधान हुन नसकेको भन्दै गुासो गरेका थिए । घरदैलोका क्रममा स्थानीयले भूमिहिनलाई लालपुर्जा र आबास बिहिनलाई बास्वस्थानको व्यवस्था गर्न समेत आग्रह गरेका थिए । उन्नत लोकतन्त्र पार्टीले पनि सोही बिषयलाइ चुनावी नारा बनाएको छ।
वडा नम्बर १४ को हनुमान नगर, भिमशेन नगर, सुन्दरबस्ति, पकौडी, बरौजी, शान्तिपुर लगाएतका क्षेत्रमा गरिएको घरदैलो कार्यक्रममा यस पालि मत परिवर्तन गर्न अनुरोध गरिएको न्यौपानेले बताए ।उनले भने हामीले मत दिनुहोस भनेर मागेनौ मत परिबर्तन गर्नुस भएउँ।
माओवादीका केन्द्रिय अध्यक्ष समेत रहेका प्रचण्डको वडामा गरिएको घरदैलोका क्रममा कक्षा १२ सम्म निशिुल्क शिक्षा , स्वास्थ्य निशुल्क, खानेपानी सहित बिजुली समेत निशुल्क गराउने उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरिएको थियो ।








