• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

फेरी रेनु दाहालको नेतृत्व चाहन्छन मुसहर बस्तीका बासिन्दा

  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वर्षौ देखि फुसको छानोमा बस्दै आएका मेघौलीको मुसहर बस्तीमा यतिवेला अर्को खुशी छाएको छ । केही समय अगाडि पक्की छाना भएको घर पाएर खुशी भएका यो वस्तीका बासिन्दा यतिवेला भरतपुर महानगरपालिकाको प्रमुख पदको लागि पुन रेनु दाहालकै उम्मेद्वारी भएपछि उक्त बस्तीमा खुशी छाएको हो ।

    गत मंसिरमा दाहालकै पहलमा भरतपुर महानगरपालिका २७ र २८ मेघौलीका अति विपन्न १५ मुसहर परिवारलाई भान्सा कोठा सहित तीन कोठा र शौचालय भएको घर हस्तान्तरण गरिएकोे थियो । उक्त बस्ती निर्माणमा महानगरले २३ लाख ५७ हजार रुपिंयाँ खर्च गरेको थियो । वर्षाको पानी समेत बाहिर नजाने अवस्थाको छाना भएको घर बाट पक्की घरमा बस्दै आएकी तुलिया मुसहर भन्छिन् “हामीलाई घर बनाइदिने मेयर फेरी मेयर हुने रे, हामी त उहाँलाई नै भोट दिने हो ।” उनका श्रीमान भुखला मुसहरकै भनाईलाई आधार मान्ने हो भने उक्त बस्तीका १५ घर परिवार सबैले यस पटकको निर्वाचनमा दाहाललाई नै भोट हाल्ने योजना बनाएका छन् ।

    राप्ती र नारायणी नदी किनारको उक्त बस्तीका अधिकाँश बासिन्दा माछा मारेर आफ्नो जीवन निर्वाह गर्दै आएका अति विपन्न परिवारमा पर्दछन् । भरतपुर महानगरपालिकाको पहलमा गत दुई आर्थिक वर्षमा गरि उक्त बस्तीका मुसहरलाई लक्षित गरि टिनको छाना भएको पक्की घर निर्माण गरिदिएको थियो । ‘पहिले खरले छाएको चुहिने घर थियो । आफ्नै जीवनकालमा पक्की घरमा बस्न पाइन्छ भनेर सोचेका पनि थिएनौँ, मेयर सापका कारण ढुक्क भएका छौं ।’

    तुलियाले भनिन्, यस अघि पुरानो कपडा र प्लाष्टिकले पानी छेक्दै बस्नु पर्ने अवस्थाका चुहिने घर हेरेर धेरै नेताहरुले घर बनाई दिने आश्वासन दिएका थिए तर वर्षौ वित्दा पनि मुसहर बस्तीका बासिन्दाको अवस्था उस्तै थियो । भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेद्वार रेनु दाहालका अनुसार महानगरले खरको छानोमुक्त अभियान सञ्चालन गरेको र अझै पनि केही ठाउँका सुकुम्वासी बस्तीमा काम गर्न बाँकी रहेको बताएकी छन् ।

    उनले आगामी कार्यकालमा खरको छानामुक्त अभियानसंगै रोजगारी, स्वरोजगारीका अभियान जोडेर विकासको दृष्टिले पछाडि परेका समुदायको उथ्थानमा लाग्ने बताइन् । त्यसै गरि उपप्रमुख पदका उम्मेद्वार चित्रसेन अधिकारीले भरतपुर महानगर भित्र बसोवास गर्ने अतिविपन्न परिवार लक्षित गरि कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरपालिकाको नदी किनार र सुकुम्वासी बस्तीमा दलीत, मुसहर, बोटे, दराई, कुमाललगायतका आदिवासी जनजातीको बसोबास रहेको छ ।

    यस पटक पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह बाट माओवादी केन्द्रकी रेनु दाहाल र रुख चुनाव चिन्हमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेद्वारी दिएका छन् ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.