चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थिति नगरबनमा रहेको बालकुमारी कलेज (नर्सिङ बिभाग)मा अज्ञात समूहले आक्रमण गर्दा दुइ कर्मचारी घाइते भएका छन। सोमबार दिउँसो करिब साढे ३ बजेको समयमा एउटा मोटरसाइकलमा आएका दुईजनाले बिभागका कर्मचारीलाइ आक्रमण गरेका थिए।
हातमा रड र पेस्तोल जस्तो हतियार सहित कलेजको हाता भित्र प्रवेश गरेका उनीहरुले बिभागका पियन भिम बहादुर तामाङ र लेखा प्रमुखलाइ पालैपालो आक्रमण गरेको प्राध्यापक संघ बालकुमारी कलेज एकाइ समिति सभापति अनन्त ढुंगाना जानकारि दिनुभयो। ढुंगानाका अनुसार गम्भीर घाइते भएका पियन तामाङको चितवन मेडिकल कलेजको आइसियुमा राखेर उपचार भइरहेको छ।
गिरिको पनि दुइटा खुट्टा ३ ठाउँ भाँचिएको र उनको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो। मास्क लगाएर कलेज हातामा प्रवेश गरेका आक्रमणकारीले तामाङलाइ लखेटेर सौचालयमा पुर्याएर आक्रमण गरि घाइते बनाएको र गिरिलाइ कार्यकक्षमानै प्रवेश गरि घाते बनाएको ढुंगानाले बताउनुभयो ।
गिरिको साथमा रहेको रकम , गरगहना , एटिएम कार्ड र मोबाइल समेत लुटेराहरुले लगेका छन। घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीले भन्नुभयो “हामीले आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद गरेका छौं।अनुसन्धान भइरहेको छ चाँडै समात्छौं ।








