• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक, विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म

  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा सत्ता गठबन्धनले मंगलबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

    भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उमेदवारी दिएका छन् । उनीहरुले भरतपुरमा एक कार्यक्रमका बीच आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

    २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरको मेयर र उपमेयरमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो । यसपाली पाँच दल मिलेर गठबन्धन बनेको छ । पाँच दलीय गठबन्धनको भरतपुर महानगर समितिले प्रतिबद्धता पत्र तयार गरेको हो ।

    महानगरको लगानीमा कक्षा १ मा भर्ना हुने छोरीहरुलाई लक्षितगरी ‘छोरी शैक्षिक बिमा’ कार्यक्रम सञ्चालन गर्ने र यसले २० वर्षसम्मको शिक्षा र स्वास्थ्य बीमा हुने महत्वाकांक्षी योजना राखिएको छ । उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार र गरीब विद्यार्थीलाई सहुलियतपूर्ण ऋण र अनुदानको व्यवस्था गरिने उल्लेख छ ।

    कृषिमा आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदान र कृषि पेशमा संलग्न प्रत्येक किसानको पहिचान र वर्गीकरण गरी किसान पेन्सनको व्यवस्था गरिने उनीहरुको प्रतिबद्धतनामा जनाइएको छ ।

    भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित भएपछि पहिलो वर्षमा प्रत्येक वडाका ५० जना युवालाई कृषि, पर्यटन, वन तथा उद्योग क्षेत्रमा रोजगारी सिर्जना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । दोस्रो वर्षदेखि प्रत्येक वडामा कम्तिमा सय जनालाई स्वरोजगार बनाइने दाबी गरिएको छ ।

    खेलकुदतर्फ प्रत्येक वर्ष महानगर स्तरिय महिला खेलकुद महोत्सव आयोजना गरिने बताइएको छ । खेलकुद विकासको लागि खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने, आवास विहिनलाई बहुतले भवन बनाई एकिकृत बस्ती विकास गर्ने र प्रत्येक घरधुरीलाई विद्युतीय चुलोमा ८० प्रतिशत अनुदान दिने महत्वाकांक्षी योजना राखिएको छ ।

    त्यस्तै, ६० वर्ष नाघेका दलितलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था, ज्येष्ठ नागरिक र परिवार विहिनहरुका लागि संरक्षण गृह निर्माण गर्नेलगायतका योजनाहरुलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको छ । कुलप्रसाद काफ्ले/न्युज कारखाना

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.