भरतपुर । रत्ननगर नगरपालिकाको वडा नं २ मा नेकपा एमालेले घरदैलो सँगै कोणसभा गरेको छ । कोणसभामा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारीले नेकपा एमालेको नेतृत्वमा देश विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभयो ।
‘यस पटकको उम्मेदवारी नेकपा एमालेले परिकल्पना गरेको नयाँ रत्ननगर, समृद्ध र समुन्नत नगरपालिका निर्माण गर्नु हो’ उहाँले भन्नुभयो, ‘देशमै एउटा उदाहरण प्रस्तुत गर्न सकिने खालको नमूना तथा रत्ननगरमा बसौँबसौँ लाग्ने खालको नगरपालिका निर्माण गर्ने सपना छ, नेकपा एमालेले त्यो सपना साकार पार्ने छ ।’
एमालेका उम्मेदवारहरु चुनावी मैदानका अब्बल उम्मेदवारहरु भएकाले यस पटक पनि नेकपा एमालले नै विजयी हासिल गर्ने उहाँले बताउनुभयो ।








