चितवन । भरतपुर महानगरपालिका ६ गितानगर पुल्लरमा म्याजिक र मोटरसाईकल एक आपसमा ठोकिदा एक पुरुष घाइते भएका छन ।
शुक्रबार साँझ नारायणगढबाट जगतपुर आउदै गरेको ना १ ज ६३४५ नम्बरको म्याजिक र विपरित दिशाबाटजादैँ गरेको बागमती प्रदेश ०३–००३ प ६९६१ नम्बरको पल्सर बाइक एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा परि अन्दाजी ३२ वर्षीय व्यक्ति घाइते भएका हुन् ।घाइतेलाई उपचारको लागि भरतपुर ल्याईएको छ ।








