• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

विपन्नलाई नि:शुल्क एम्बुलेन्स, घर-घरमै वृद्धभत्ताको व्यवस्था गर्छु : वडाध्यक्षका उम्मेदवार मोक्तान

  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिका ७ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार कमल मुक्तान घरदैलोमा व्यस्त छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा उठेका मुक्तान वडाबासी माझ लोकप्रिय छन् । युवा उम्मेदवार मुक्तानले वडाध्यक्षमा विजयी भए वडा भित्रका विपन्न वर्गका लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

    कालिका ७ मा धेरै पिछडिएको वर्गको बसोबास रहेकोले उनीहरुका लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्थालाई आफुले प्राथमिकतामा राखेको उनले बताएका हुन् । ‘यहाँ धेरै विपन्न वर्गको बसोबास छ । उहाँहरुले अस्पतालसम्म जानका लागि एम्बुलेन्स भाडा तिर्न समेत नसक्ने अवस्था छ, उनले भने, ‘त्यस्ता पिछाडिएका र विपन्न वर्गका लागि अस्पतालसम्म जान नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता जनाउन चाहन्छु ।’ यस्तै उनले वृद्धवृद्धाहरुका लागि घर-घरमै वृद्धभत्ता पुराउने व्यवस्था गरिने प्रतिवद्धता जनाएका छन् ।

    उनले आफु विजयी भए वृद्धभत्ताका लागि बैंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन्। बैंकसँग समन्वय गरेर वडा कार्यालय मार्फत नै घर-घरमा वृद्धभत्ता पुराउने व्यवस्था गरिने उनको प्रतिवद्धता छ । मुक्तानले युवाहरुका लागि सिपमुलक तालिम ल्याउने बताएका छन् । बिरोजगारी अन्त्यका लागि सिपमुल्क तालिम सञ्चालन गरेर युवाहरुलाई स्वरोजगार बनाउने उनको योजना छ । कृषिमा लाग्न चाहनेहरुलाई फार्म दर्ता गराई बिभिन्न अनुदान तथा बिना धितो ॠण उपलब्ध गराउन प्रयास गर्ने समेत उनले बताए ।

    कालिका ७ मा भूमिहिन सुकुम्बासीहरुको बसोबास रहेको छ । त्यस्ता भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरणका लागि नगरपालिकासँग समन्वय गरेर पहलकदमी गरिने उनले बताए । यस्तै वडा भित्रका बस स्टेसनहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने पनि उनले प्रतिवद्धता जनाएका छन् । उनले वडा भित्र अनिवार्य रुपमा स्वास्थ्य बीमा लागू गर्ने बताए तथा अती विपन्न तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि उनले बताए ।

    सिचाँईको उचित व्यवस्थापन, डुबान नहुने गरी निकास, कच्ची सडकमा कालोपत्रे, बाटोको स्तरोन्नती, सबै वडाबासीमा शिक्षा, स्वास्थ्यको पहुँच, कृषिलगायतलाई आफुले प्राथमिकतामा राखेको उनले बताए । उनले जनताको सेवकको रुपमा सेवा गर्नका लागि आफु चुनावी मैदानमा उत्रिएको भन्दै अहिलेका प्रतिवद्धता पुरा गर्ने बताए । मतदाताहरु पनि सत्ता गठबन्धन दलहरु प्रति सकारात्मक रहेका छन् । पालिकासँगै कालिका ७ मा गठबन्धनको जित हुने वडाध्यक्ष पदका उम्मेदवार मुक्तानले विश्वास व्यक्त गरे ।

    ‘मतदाताहरु सकारात्मक हुनुहुन्छ । गठबन्धनले जित्नेमा विश्वस्त छु ।’ उनले आफुहरुले मतदाताको मन जितिरहेको दाबी गरे । उनले गठबन्धनका उम्मेदवारहरु अत्याधिक मतका साथ विजयी गराउन वडाबासीलाई आग्रह समेत गरे । कालिकामा सत्ता गठबन्धनले मेयरमा कांग्रेसका शिवराम केसीलाई उठाएको छ । यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रबाट सबिता लामा उम्मेदवार छिन् ।

    वडा नम्बर ७ को अध्यक्षमा कांग्रेसबाट कमलराज मुक्तान, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी फुलमाया कुमाल, दलित महिला सदस्यमा माओवादी केन्द्रकी बिष्णुमाया परियार तथा खुला सदस्यमा कांग्रेसका पुस्कल बस्नेत र माओवादी केन्द्रका खड्कबहादुर विक रहेका छन् ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.