चितवन । सुख्खा पहिरो खसेर अबरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ। इच्छाकमना गाउँपालिका वडा नम्बर ६ स्थित तोपे खोलामा आइतबार बिहान ४स्४८ बजे पनि सुख्खा पहिरो खसेर दुइतर्फि सडक अबरुद्ध भएको थियो।
शनिवार बेलुका ७ः४० बजे पनि सो स्थानमा पहिरो खसेको र उक्त पहिरो पन्छाइ आइतबार बिहान ४ः१५ बजे मात्र सडक सुचारु गरिएको थियो।
तर पुनः पहिरो खसेपछि अबरुद्ध भएको सडक बिहान ६ः४ बजेबाट दुइतर्फि संचालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।








