• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अन्तर्वार्ता : गोदावरीका सबै भित्री सडक कालोपत्रे र किसानलाई परिचयपत्रको व्यवस्था गुर्छ- गम्भीरबहादुर राना

  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गम्भीरबहादुर राना आसन्न स्थानीय निर्वाचनका लागि ललितपुर गोदावरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार हुन् । २०५४ सालदेखि जिल्लाको स्थानीय निकायमा रहेर निरन्तर काम गरिरहेका रानासँग नगरको स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी एजेण्डा र विकास निर्माणको सन्दर्भमा न्युज कारखानाले  उनीसँग गरेकाे राकानीको सम्पादित अंश :

    गोदावरी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर प्रचार प्रसारमा लाग्नु भएको छ । तपाईंलाई गोदावरीवासीले भोट किन दिनुपर्ने हो ?

    सबैले विकास निर्माण, विकास निर्माण भनेर चुनावको बेलामा नारा ल्याएका छन् । मैले विकास निर्माणसँगै गबिीको रेखामुनि रहेका किसान, दलीत, महिलाहरूको उत्थानका कार्यक्रमहरू अघि बढाउनेछु ।  जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा भएका समस्या समाधान गर्नेछु ।

    जनताको घर दैलोमा जाँदा कस्ता प्रश्नहरू आए ? उनीहरूका अपेक्षाहरू कस्ता थिए ?

    जनताको घर दैलोमा जाँदा धेरैले गोदावरी नगरपालिकाभित्र रहेको हरिसिद्धि गोदावरी, नख्खु टिकाभैरव र ढालाहिटी चापागाँउ सडक निर्माणको माग राखेका छन् । किसानले बजारको व्यवस्था र सहरी क्षेत्रमा खानेपानीको माग आएको छ । यी मागहरू पूरा गर्दै जानेछु ।

    गोदावरी नगरपालिका अन्य स्थानका तुलनामा सांस्कृतिक सम्पदा संरक्षण भइरहेको पाइँदैन । यस सम्बन्धमा के कस्ता छन् योजना ?

    टिकाभैरवको राजकुलो चलाउन सके पाटनसम्मकै ढुंगेधारा चल्छन् । राजकुलोलाई पाटनसम्म पु¥याउने योजना अघि बढ्नेछन् । गोदावरीका विभिन्न संस्कृति संरक्षणका लागि विज्ञहरूको राय सल्लाहलाई कार्यान्वयन गर्दै अघि बढ्नेछु । यहाँका रैथाने कला र संस्कृति संरक्षणका लागि ठोस कार्यक्रमहरू ल्याइनेछ ।

    गोदावरी नगरपालिकामा तपाईले जित्ने आधार के हो ?

    नेकपा एमालेमा देशैभरि लहर आएको छ । गोदावरी नगरपालिकामा पनि एमालेप्रति जनताको आर्कषण छ । म २०५४ सालदेखि जनप्रतिनिधि छु । आजसम्म मैले पराजय भएको रेकर्ड छैन । अहिले पनि पराजय हुने अवस्था छैन । जनता उर्लेको छ । पानी परिरहेको हावा हुरी चलेको बेलामा पनि जनता हाम्रो पछि लागेर नारा लगाइरहेका छन् । हामीले बोलाएर होइन स्थानीय जनता आफैँ जुलुसमा आइरहेका छन् ।
    २०५४ सालमा जनप्रतिनिधि भएर काम गर्दा देवीचौर, चापागाउँ लेले, गोदाममचौर र गोदावरीजस्ता ठाँउका स्थानीयहरूको मैले सेवा गरेको छु । विकास निर्माणका काममा सहज तरिकाले लैजानुपर्छ भनेर मैले काम समन्वय गरेको छु । त्यसैले मैले सबैको विश्वास जित्नेछु  भन्ने लाग्छ ।

    भौतिक पूर्वाधार निर्माणमा कस्तो जोड हुनेछ ?

    गोदावरी नगरपालिकामा ड्रेनसहितको सडक, फुटपाथसहितको सडक र सडकको स्तरोन्नति गर्ने मेरो मुख्य योजना छ । सातदोबाटो चापागाँउ लेले सडक साँघुुरो भएकाले नख्खु करिडोरबाट निर्माण सामग्री लैजाने व्यवस्था गरिनेछ । भित्री सडकहरू सबै कालोपत्र गर्ने योजना छ । ढलान गर्नुपर्ने अवस्था आए ढलान हुनेछ । पाँच वर्षमा कम्तिमा गोदावरीका ५०  प्रतिशतभन्दा धेरै सडकहरू कालोपत्र हुन्छ ।

    गोदावरी नगरपालिका पर्यटकीय नगरको रुपमा पनि परिचित छ । यहाँका पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि कुनै योजना छन् कि ?

    गोदामचौर कोटडाँडा क्षेत्रमा धेरै होमस्टे सञ्चालनमा छन् । तर, सडक राम्रो नहुन्दा त्यहाँ जानै समस्या रहेछ । त्यो बाटो बनाइनेछ । देवीचौर, कोटडाँडामा भ्युटावर निर्माण भएपछि रिसोर्ट खोल्नेहरूमा उत्साह छाएको छ । यहाँका सडक स्तरोन्नति गर्नुपर्ने अवस्था छ । हामीले यो काम गर्नेछौं ।

    किसान र निम्न आय भएका नगरवासीका लागि कुनै योजना छन् कि ?

    गोदावरी नगरपालिकामा रहेका किसानहरूलाई परिचयपत्र वितरण गर्नेछु । उनीहरूलाई नगरबसमा छुटको व्यवस्वस्था हुनेछ । किसान परिचयपत्र पाएकाहरूले मात्रै सरकारी अनुदान दिने व्यवस्था हुनेछ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.