एकै रथका दुई पाङ्गग्रा
हामी
सङ्गै कक्षामा एकसाथ
पढ्ने हामी।
एकअर्काको खाजा साटासाट
गर्ने हामी
उसलाई दुख्दा काम्थे मेरा
शरीर पनि।
ठट्टा गर्दै जिस्काउने हाम्रो
थियो बानी
प्रेमको तालमा डुब्न थाल्यौँ
जानी नजानी।
थाहा थिएन हामी दुईलाई
समाजको नीति
दलित क्षत्री प्रेम सम्बन्ध
नमिल्ने रैछ रीती।
गहिरिदैको चोखो मायामा
समाज आखी बन्यो
टुट्यो सङ्गै जिउने इच्छा
संसार छोडनु पर्यो।
आयो भन्छन् प्रजातन्त्र
देखिएन काममा
स्वतन्त्रता हनन् भाछ
हरेक ठाँउठाँउमा।
पुराना ती चलन त्यागी
देशमा क्रान्ति ल्याऔँ
विभेद रहित समाज निर्माण
जनताले गरौं ।








