चितवन । चितवनको माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि १ अर्ब ७ करोड ८२ लाख ७० हजार रुपैंयाको बजेट ल्याएको छ । आज (शुक्रबार) भएको नगरपालिकाको नवौं नगरसभामा नगर उपप्रमुख खेमप्रसाद महतोले चालू तर्फ रु।४१ करोड ५० लाख र पूँजिगत तर्फ रु ६५ करोड ४८ लाख १६ हजार विनियोजन रहेको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा, अन्तर सरकारी वित्तिय हस्तान्तरण मार्फत संघीय सरकारबाट रु ६१ करोड २२ लाख, प्रदेश सरकारबाट रु १४ करोड ६० लाख, आन्तरिक श्रोतबाट रु १४ करोड २० लाख ७० हजार र अन्य श्रोतबाट रु १७ करोड ९५ लाख ४६ हजार रुपैंया गरी १ अर्ब ७ करोड बढीको आय रहने प्रक्षेपण गरिएको छ ।
बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, बिपद् व्यवस्थापन, समावेशी विकास, सुचना प्रविधि र सेवा प्रवाह एवं युवा तथा खेलकूदलाई मुख्य प्राथमिकताको क्षेत्र तोकेको छ । त्यस्तै, बजेटमा नगरपालिकाका सबै कर्मचारीहरुको तलबमानमा १५ प्रतिशत बृद्धि समेत भएको छ ।स्वदेश एफएमबाट








