• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अन्धविश्वासको परकाष्ठ : सुत्केरी पनि गोठमै बास

"अन्धविश्वासले कष्ट भोग्दै सुत्केरी, नवजात शिशुसहित गोठमा बास  "
  •   बिहिबार, असार १६, २०७९ मा प्रकाशित
  • जुम्ला जिल्लाको हिमा गाउँपालिका ५ कि २६ वर्षीय मनसुबा शाही सुत्केरी भएपछि गाई गोरु बाध्ने गोठमा नवजात शिशुसहित गोठमै बस्दै । तस्बिर : रमन उपाध्याय
    • अ
    • अ
    • अ

    मुगु ।  जुम्ला जिल्लाको हिमा गाउँपालिका-५ की २६ वर्षीय मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आएकी छन् । शाही सुत्केरी भएपछि ९ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य भएकी हुन् ।

    कर्णालीमा महिलाहरू महिनावारी हुँदा हालसम्म सात दिनसम्म अझै छाउगोठमा बस्नु पर्ने अवस्था कायमै रहेको समयमा सुत्केरी हुँदा पनि गोठमै बस्नु पर्ने अवस्था आएको छ । सुत्केरी हुँदा गोठमा बस्दा शिशुसँगै आमाको स्वास्थ्य निकै खतरामा रहन्छ ।

    शाही ओछ्यानको तलतिर गोरुलाई ओछ्याएको पराल र सोत्तरमाथि शिशुसहित एक सातादेखि गोठमै दिन रात बिताइरहेकी छन् ।

    अँध्यारो भित्री गोठमा झ्याल नहुनु , ढोका पनि सानो हुनु, उपयुक्त छिद्र नहुनुले आमा र शिशुलाई आगोको धुवाले अप्ठ्यारो पार्दै आएको छ । बच्चा जन्मिएको ६ हप्तालाई सुत्केरी समय भनिन्छ ।

    सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई लालन पालनमा पहिलो प्राथमिकतामा राखेर बढी हेरचाह गरिनुको साथै पोसिलो खानपान, झोलिलो पदार्थमा बढी जोड दिनु पर्ने स्वास्थ्यकर्मीको तर्क छ । तर, सुदूरपश्चिम र कर्णालीमा देवी देवता रिसाउछन् भन्ने डरले सुत्केरी भएकै समयमा सुत्केरी आमालाई स्याहार सुहार त परै जावस अतः हेलचक्र्याइँ गरिँदै आएको अवस्था उहिलेदेखि अहिलेसम्म ज्युँका त्युँ छ ।

    सुत्केरी मनसुबा आफ्ना लागि आफैँ खाना पकाउने र गोठमा नै सुत्न बाध्य छिन् । सुत्केरी भएको बेला घरभित्र बस्दा देवी देवता रिसाउँछन् । त्यसैले सुत्केरी हुँदा गोठमा बस्नु परेको हो अवस्था आएको शाहीको गुनासो छ । उनले भनिन्, ‘यस्तो बेला घरभित्रै बस्ने चाहना त हुन्छ नि तर परम्परागत मान्यताले घर भित्र गएमा शुभ हुँदैन । नौ दिन पुगेपछि चोखो पानी अन्य विभित धार्मिक कार्य सम्पन्न गरेर घरभित्र जान्छु ।’

    मनसुवाका श्रीमान् दिनेशबहादुर शाही सुत्केरी श्रीमती र छोरालाई भेट्न पटक-पटक गोठमा जान्छन् । बाहिर ढोकाबाटै सोध्छन्, अहिले अवस्था कस्तो छ मनसुबा ? रूढीवादी सामाजिक, कुसंस्कार, अन्धविश्वासले अडेको हाम्रो समाज नवजात शिशुसहित श्रीमतीलाई गोठमै राख्नु परेको दुखेसो श्रीमान् दिनेशको देखेको छ ।

    घरका आमा, बुबाले नमान्ने र समाजले नानाथरी कुरा काट्ने डरले बाध्य भएर गोठमा राख्नु परेको छ । महिनावारी भएको बेला त कुरै छाडौँ सुत्केरी हुँदा श्रीमतीले छोएको पानी र खानपान अरूले खाँदैन ।

    ‘म यता आफ्नो बच्चा र श्रीमतीको हेरचाह गर्न आउँदा पनि घर भित्र पस्ने बेला चोखिएर जानु पर्छ यदि यो गरिन भने मलाई पनि भित्र जान दिँदैनन्,’ दिनेशले भने । जुम्लाकी मनसुबा मात्रै एक उदाहरणकी पात्र मात्र हुन् मुगु, दैलेख, सुर्खेत, कालिकोट, हुम्ला जिल्लाका सुत्केरी बाख्रा, गाई र भैँसी बाँध्ने गोठमा छाउ बस्नु पर्ने बाध्यता छन् ।

    सुत्केरीले छोरा र छोरी जन्माएमा गोठमा बस्दा विभेद गरिएको छ । छोरा जन्मिए नौ र छोरी जन्मिए १२ दिन गोठमा बस्नु पर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वयंसेविका पञ्चकला नेपाली बताइन् ।  सुत्केरी र शिशुको विशेष ख्याल गर्नुपर्ने भएकाले गाईगोरु बाँध्ने गोठमा बस्न दिनुहुँदैन भन्दा नमान्ने गरेको नेपालीको भनाई छ । परम्परागत रूपमा चल्दै आएको प्रचलन हो, यो प्रचलन लाई कसैले पनि रोक्न सक्दैनन् स्वयंसेविका नेपालीले भनिन् ।

    छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम र छाउगोठ भत्किएँ तर समाजको हेर्ने त्यो तुच्छ नजर कहिले भत्केन ।  वर्षौदेखि विद्यमान रहेको प्रथा हटाउन स्थानीय तहको विशेष भूमिका रहन्छ । तर, प्रभावकारी रूपमा काम गरेको देखिँदैन महिला विज्ञहरूको भनाई छ । हालसम्म ग्रामीण क्षेत्रमा महिनावारी र सुत्केरी हुँदा गोठमा बस्नुपर्ने बाध्यता हटाउन यहाँका तिनै तहका सरकारले सकेका छैनन् ।

    यस्तै, वर्षेनी राज्य र विभिन्न गैरसरकारी निकायबाट कर्णालीमा व्याप्त छाउपडी प्रथा उन्मुलनका लागि अभियान सञ्चालनका नाममा करौडौं रकम खर्च हुँदै आएको छ । कर्णालीका ग्रामीण बस्तीहरूमा जनचेतना फैलाउने नाममा राज्यको करोडौँ रकम स्वाहा हुने गरे पनि कर्णालीका लागि राज्यको यो खर्च बालुवामा पानी सहर हुने गरेको छ ।

    छाउगोठ भत्काउन आक्रामक बनेको सरकारले कर्णालीका नागरिकको मस्तिष्कबाट छाउ हटाउन सकेको छैन । छाउप्रथाविरुद्ध प्रशासन, स्थानीय सरकारले अभियान नै चलाएर पनि ती अभियान छाउपडी उन्मुलनविरुद्ध हुन नसक्दा कर्णालीका ग्रामीण भेगमा सुत्केरी हुँदासमेत गोठमा बस्नु बाध्यता कायमै छ ।

    यहाँका तीनै तहका सरकारले यस्तो कुप्रथा, कुसंस्कृतिलाई समयमै न्यूनीकरण गर्न सकेन भने प्राय कर्णालीका महिलाहरूको अकालमै ज्यान जाने खतरा बढी हुनसक्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.